आईतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
३१ असार २०८०, आईतवार १५:२०

काठमाडौं । साता कारोबारको पहिलो कारोबारको दिन अर्थात आईतबार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार १२.१६ को अंकले बढेर २०९७ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार सामान्य अंकले बढेतापनि लिबर्टी इनर्जी कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । कम्पनीको शेयरमूल्य ५.९६ प्रतिशत अर्थात १५ रुपैयाँले घटेर २४४ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, मक्कर जितुमाया हाइड्रोपावर, मन्जुश्री फाइनान्सको डिभेन्चर, हिमालयन हाइड्रोपावर लगायत अन्य केही कम्पनीहरुको शेयरमूल्य घटेको छ ।













