नेप्सेमा अरुण काबेली पावरको बोनस शेयर सूचीकृत
३ श्रावण २०८०, बुधबार १६:५५

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार अरुण काबेली पावर लिमिटेडको बोनश शेयर सूचीकृत भएको छ ।
कम्पनीको १० प्रतिशतले हुन आउने १८ लाख ५५ हजार २११ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गरेको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
सूचिकृतपश्चात उक्त सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न मिल्नेछ ।












