११८ गुणा बढी आवेदन परेको कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ आइतबार बाँडफाँड हुने, कतिको हात खाली ?

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ आईतबार (असार ७ गते) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार साउन ७ गते बिहान ९ बजे क्यापिटलकै कार्यालयमा बाँडफाँड हुने भएको हो । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन सम्ममा ११८ गुणा बढीको आवेदन परेको थियो ।
कम्पनीको आइपीओमा अन्तिम दिनसम्ममा ११ लाख ८ हजार २३२ जनाले १ करोड १८ लाख ९० हजार ६० कित्ता बराबर १ अर्ब १८ करोड ९० लाख ६ हजारको आवेदन परेको थियो । कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत अर्थात १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख २१ हजार ८६८ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो ।
सोको १० प्रतिशतले हुन आउने १२ लाख १८ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १२ हजार १८६ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि, ५ प्रतिशत अर्थात ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिसकेको छ भने २ प्रतिशत अर्थात २ हजार ४३७ कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताहरु मध्ये भाग्यशाली १० हजार ११५ जनाले १ लाख १ हजार १५१ कित्ता शेयर पाउनेछन् ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेको कारणले गोलाप्रथाबाट आईपीओ बाँडफाँड गरिने बिक्री प्रबन्धकले जनाएको छ ।












