अपर तामाकोशी हाइड्रोपावरद्धारा हकप्रद शेयर भर्न शेयरधनीलाई जरुरी सूचना

८ श्रावण २०८०, सोमबार ११:२१

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले शेयर डिम्याट नगराएका शेयरधनीलाई शेयर डिम्याट गराउन आग्रह गरेको छ।

कर्मचारी संचयकोषमा रकम जम्मा गर्ने संचयकर्ता, कम्पनीमा ऋण दिने संस्थाका कर्मचारीहरु र आयोजना प्रभावितलाई भौतिक रुपमा शेयर प्रमाणपत्र वितरण गरिएको हुँदा आफ्नो शेयर डिम्याट गराउन कम्पनीले आग्रह गरेको हो ।

निकट भविष्यमा कम्पनीले १ः१ का दरले हकप्रद निष्काशन गर्न लागेकोले हकप्रद शेयरको लागि आवेदन दिन समेत डिम्याट खाता खोली शेयर अभौतिकीकरण अनिवार्य रहेको कम्पनीले प्रष्ट पारेको छ । कम्पनीले डिम्याट खाता नभएका शेयरधनीहरुलाई समेत समयमै डिम्यात खाता खोलि आफनो नामको शेयर अभौतिकिकरण गर्न आग्रह गरेको छ ।

One thought on “अपर तामाकोशी हाइड्रोपावरद्धारा हकप्रद शेयर भर्न शेयरधनीलाई जरुरी सूचना

  1. GANESH RAJ PANDEY says:

    Thank you for information its very important . Please keep it up..

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*