ब्याजदरको तल्लो सीमा घट्यो, कति प्रतिशतमा कायम ?

१२ श्रावण २०८०, शुक्रबार १५:२७

काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई आज (साउन १२ गते) एकीकृत निर्देशिका जारी गरेको छ ।

केन्द्रिय बैंकले जारी गरेको निर्देशीका अनुसार ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ७.५ प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर ४.५ प्रतिशत र नीतिगत दरको रुपमा रहेको रिपो दरलाई ६.५ प्रतिशत कायम गरिएको जारी निर्देशीकामा उल्लेख गरिएको छ ।

यस अघि ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर ५.५ प्रतिशत र नीतिगत दरको रुपमा रहेको रिपो दरलाई ७.० प्रतिशत कायम गरिएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*