नेपाल बैंकका सिईओ कृष्ण अधिकारी र अध्यक्ष गंगा प्रसाद ज्ञवाली करौडौंको भ्रष्टाचार काण्डमा मुछिदै, अख्तियारद्धारा छानविन सुरु

रिना खत्री
१४ श्रावण २०८०, आईतवार ११:३१

काठमाडौं । सरकारी लगानीको नेपाल बैंकका सिईओ कृष्ण प्रसाद अधिकारी र अध्यक्ष गंगा प्रसाद ज्ञवाली सफ्टवयर सम्बन्धी करोडौं भ्रष्टाचार काण्डमा मुछिएका छन् ।नेपाल बैंक लिमिटेडले सुरु गरेको सफ्टवेयर खरिद प्रक्रिया सुरु हुन नपाउदै प्रक्रिया नमिलेको र सेटिङ भएको भन्दै विवादमा परेको थियो ।

अन्य बैंकहरुले २५ करोड रुपैयाँमा किनेको कोर बैंकिङ सफ्टवयर नेपाल बैंकमा ७५ करोड रुपैयाँमा जडान गर्ने प्रक्रिया अघि बढाएर नीतिगत भ्रष्टाचारमा सिईओ अधिकारी र अध्यक्ष छानविनमा परेका हुन् ।बीमापोष्टले गत बर्षको पुस २५ गते नेपाल बैंकमा कोर बैंकिङ सफ्टवयरमा घोटालाको प्रयास, सिईओ र अध्यक्षको सेटिङमा विदेशी सफ्टवयर जडान प्रक्रिया अघि बढाइदै भन्ने समाचार सम्पेषण गरेको थियो ।यस बिषयमा अख्तियारमा पुगेकोमा हाल छानवि अघि बढेको खुलेको छ ।

भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंकमा भएको भ्रष्टाचार घोटालाको विषयमा पत्राचार गरेको बीमापोष्टलाई प्राप्त समाचारमा जनाइएको छ । नेपाल बैंकका सिईओ अधिकारीले अख्तियारको पत्र बैंकले बुझेको स्वीकार गरेका छन्।

नेपाल बैंकले लागत अनुमान नै स्वीकृत नगराई बजार मूल्यभन्दा दोब्बर बढि मूल्यमा विदेशी कोर बैंकिङ सफ्टवयर जडान गरेको सम्बन्धमा कानुनी छिद्रहरु खोजेर अख्तियारबाट बच्ने प्रयासमा नेपाल बैंक व्यवस्थापन जुटेको छ । स्रोतका अनुसार हाल अध्यक्ष ज्ञवाली र सिईओ अधिकारीले बैंकमा भन्दा पनि बाहिरी रुपमा नै छलफल गरिरहेको छन् ।

बैंकहरुले प्रयोग गर्दै आएको सफ्टवेयर खरिदको मूल्यभन्दा दोब्बर बढि मूल्य परेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्पष्टीकरण सोधी कागजात मगाएर अनुसन्धान अघि बढाएपछि अध्यक्ष र सिईओ तनावमा परेका छन् । अर्थमन्त्रालयले सबै विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अध्ययनको लागि पठाईसकेको छ । सो को विस्तृत जानकारीको लागि अख्तियार आयोगले नेपाल बैंकलाई स्पष्टीकरण पत्रमार्फत विवरण मागेको खुलेको छ ।

अख्तियारले २५ असार, २०८० मा यसबारे अनुसन्धान गर्ने निर्णय गरेर नेपाल बैंक लिमिटेडको केन्द्रीय कार्यालयमा पत्र लेखेर कोर बैंकिङ प्रणाली खरिदको औचित्य पुष्टि हुने कारण र आधारसहित राय प्रतिक्रिया र कागजात उपलब्ध गराउन भनिएको छ । बैंकको लिखित स्पष्टिकरणपछि सो प्रकरणमा भएको नीतिगत भ्रष्टाचार काण्डको थप छानविन हुनेछ ।

नेपाल बैंकले सफ्टवेयर खरिद गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । त्यसमा फर्म÷परामर्शदाताको योग्यता र अनुभव अन्तराष्ट्रिय विज्ञ हुनुपर्ने भनी तोकिएकोमा त्यस अनुसारको आवेदन नै नपरेको भन्दै बैंकले यस्तो शंकासपद काम गर्न लागिएको उजुरी पत्रमा उल्लेख गरेको छ । नेपालमा नेपाली विज्ञहरु हुँदा हुँदै बैंकले अन्तर्राष्ट्रिय अनुभव प्राप्त विज्ञ भनेर सार्वजनिक खरिद ऐनको धज्जी उडाउँदै हुम्लाको घोडा जस्तै सूचना प्रकाशित गरेको थियो ।

‘अन्तर्राष्ट्रिय अनुभव नै नभएका जनशक्ति प्रस्ताव गर्ने प्रस्तावदातालाई अंक दिई उत्तीर्ण गराई त्यस्ता परामर्शदाताहरुको सूची प्रकाशित गरी बदनियतपूर्वक ढंगले छनौट गरेको देखियो’ स्रोतले भन्यो । अन्तर्राष्ट्रिय अनुभव नै नभएको जनशक्ति प्रस्ताव गर्ने फ्लो कम्पनीलाई उच्च पदाधिकारीहरुको मिलेमतोमा छनौट गरिएको खुलेको छ ।

नेपाल बैंकले कागजात मिलाउने क्रममा पुरानो मिति राखेर सच्याइएको भेटिएको स्रोतले बतायो । बैंकका प्रमुख कार्यकारी अधिकृतले नै पुरानो मितिको कागजात स्वीकृत गरी खामबन्दी गरी राखेको भेटिएको स्रोतको दावी छ ।
खरिद गुरुयोजनामा एकजना खरिदविज्ञ र अर्का एकजना सूचना प्रविधि विज्ञ गरी दुई स्वतन्त्र विज्ञ नियुक्त गर्नुपर्ने प्रावधान रहेको छ । बैंकले दुईजनालाई सफ्टवेयर खरिदको विज्ञको रुपमा बोलाएको थियो । उक्त प्रकृया नै गलत रहेको भन्दै प्रश्न समेत उठेको थियो ।

अख्तियारले समेत छानबिन थालेपछि शंकर श्रेष्ठ र समीर भट्टराई आफूहरु व्यस्त भएकाले खरिद प्रक्रियाको बैठकहरुमा संलग्न हुन नसक्ने जवाफ दिएको जनाइएको छ । नेपाल बैंकले श्रेष्ठलाई सार्वजनिक खरिद कानूनविज्ञ र भट्टराईलाई सूचना÷प्रविधि विज्ञको रुपमा बोलाएको थियो ।

दुवै विज्ञले अन्तराष्ट्रिय अनुभव नभएका आशयपत्रदातालाई छनौट गर्न नमिल्ने राय दिएर फरक मत राखे । उनीहरुले मूल्यांकन समितिको सिफारिस नियमसंगत नभएको भन्दै माइन्यूटमा दस्तखत गर्न समेत मानेनन् । उक्त समिति गठन गरी खरिद प्रक्रिया अघि बढाउन गुरुयोजना संशोधन गरिएको बैंकको स्रोतले जनाएको छ ।

खरिद प्रक्रियाको फाइल हेरेका अख्तियार स्रोतका अनुसार, नेपालका निजी बैंकहरुले २५ करोड रुपैयाँको हाराहारीमा खरिद भइरहेको भनी विवरण नै अख्तियारमा पेश भएको छ । तर सफ्टवेयरका लागि नेपाल बैंक लिमिटेडले ७० करोड रुपैयाँको बजेट छुट्याएको छ । प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले खरिद प्रक्रिया अघि बढेकाले लागत अनुमानको रकम र प्रतिस्पर्धी कम्पनीहरुबारे बताउन उचित नरहेको बताए।

बैंकको खरिदम्बन्धी कामका लागि कर्मचारीलाई जिम्मेवारी दिदा आन्तरिक नियन्त्रण र स्वार्थ नबाझिने गरी काम लगाउनुपर्ने थियो । तर खरिदको काम तयार गर्ने र मूल्यांकन समितिमा रहनेहरु एउटै व्यक्ति राखिएको खुलेको छ । बैंकका अध्यक्ष ज्ञवाली र सिईओ अधिकारीले मिलेमतोमा सफ्टवयर खरिदमा घोटाला गरेको दावी सहितको उजुरी अख्तियारमा परेको थियो ।

नेपाल बैंकमा कोर बैंकिङ सफ्टवयरमा घोटालाको प्रयास, सिईओ र अध्यक्षको सेटिङमा विदेशी सफ्टवयर जडान प्रक्रिया अघि बढाइदै

नेपाल बैंकमा कोर बैंकिङ सफ्टवयरमा घोटालाको प्रयास, सिईओ र अध्यक्षको सेटिङमा विदेशी सफ्टवयर जडान प्रक्रिया अघि बढाइदै

 

 

One thought on “नेपाल बैंकका सिईओ कृष्ण अधिकारी र अध्यक्ष गंगा प्रसाद ज्ञवाली करौडौंको भ्रष्टाचार काण्डमा मुछिदै, अख्तियारद्धारा छानविन सुरु

  1. शंकर कार्की 9861495757 says:

    यि दुई भ्रष्टाचारी को जमर्को गर्न खोज्नेलाई कलोमोसो लगाई उपत्यका घुमाउन पर्छ। साथै आवश्यक जरिवाना असुल गरी, भविष्यमा सबै तहमा जागिर बाट अयोग्य ठहरिने गरी बर्खास्त गर्नपर्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*