मौद्रिक नीतिपछि नेप्से फर्कन सकेन हरियालीमा, कारोबार २ अर्बमाथि

काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएपछि लगातार ओरालो लागिरहेको नेप्सेमा आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार पनि गिरावट आएको छ । बजारमा गिरावट आएसँगै १२ उपसूचकमा रातो पोतिएको छ ।
आइतबार नेप्से सूचांक २६।१४ अंकले घटेर २१०० को विन्दुमा कायम भएको छ । बजारमा लगातार गिरावट आएपछि लगानीकर्ता निराश बनेका छन् । नेप्सेमा सूचीकृत २६६ कम्पनीहरुको ६८ लाख ६्र० हजार कित्ता शेयर कारोबार हुँदा दुई अर्ब ५० करोड २८ लाख ८६ हजार माथिको कारोबार भएको छ ।
नेप्सेमा गिरावट आएसँगै १२ उपसूचक राताम्मे भएका छन् । आइतबार म्युचुअल फण्ड उपसूचक ०।३२ प्रतिशतले बढेको छ भने फाइनान्स उपसूचक सर्वाधिक २।३२ प्रतिशतले घटेको छ । त्यस्तै आज होटल तथा पर्यटन उपसूचक र ट्रेडिङ उपसूचक क्रमशः २।०८ र २।०७ प्रतिशतले घटेका छन् ।












