धितोपत्र बोडको नीति तथा कार्यक्रमका प्रमखु बिशेषताहरु यस्ता छन्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बोर्डले आर्थिक वर्ष २०८०८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रमलाई विकासात्मक तथा नियमित गरी दुई भागमा विभाजन गरेको छ ।आर्थिक वर्ष २०८०१८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रमका प्रमुख विशेषताहरू देहाय बमोजिम रहेका छन्ः
क)विकासात्मक कार्यक्रम
नीतिगत तथा कानुनी व्यवस्था तथा सुधारबजार नियमन तथा सुपरिवेक्षण सम्बन्धी सूचना प्रविधि प्रणालीको विकास तथा जोखिम व्यवस्थापन
नियमन तथा सुपरिवेक्षण सुदृढीकरण र संस्थागत विकास तथा पहुँच अभिबृद्धि
बजार पारदर्शिता अभिबृद्धि तथा परिपालना अभ्यासमा सुधार
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय तथा सम्बन्ध विकास
अध्ययन तथा अनुसन्धान र व्यवसायिकता, लगानीकर्ता शिक्षा तथा सचेतना अभिबृद्धि ।
आ) नियमित कार्यक्रम
धितोपत्र दर्ता तथा निष्काशन, व्यवसायी सेवा सञ्चालन अनुमति तथा विनियमावली स्वीकृति
बजार नियमन तथा सुपरिवेक्षण, अनुसन्धान तथा तहकिकात र कानुन प्रवलीकरण
विज्ञ तथा नीति निर्माताहरूसंग अर्न्तक्रिया, नीति तथा कार्यक्रम तयारी तथा प्रगति समिक्षा र गुनासो समाधान
व्यवस्थापन तथा प्रशासन व्यवस्था तथा संचालन
लगानीकर्ता शिक्षा, प्रशिक्षण, जनचेतना अभिबृद्धि, प्रकाशन र तालिम तथा व्यवसायिकता विकास ।












