अपर तामाकोशीको शेयरमा झुम्मिदै लगानीकर्ता, यस्तो छ कारण

काठमाडौं । प्रि–सेसनमै आज शेयर बजारमा हरीयालीको संकेत देखिएको छ। नेप्से बढेपनि २२ को विन्दुमा भने उक्लिन सकेको छैन।आज कम्पनीको शेयर मूल्य ४१८ देखि ४५० भित्रसम्म दोस्रो बजारमा खरिदबिक्रि भईरहेको छ। कम्पनीको शेयर बीमापोष्टले यो समाचार तयार पार्दासम्म१ हजार १ सय ४७ कित्ता सबैभन्दा धेरै एउटै ब्रोकरबाट खरिदबिक्रि भएको देखिएको छ ।
बीमापोष्टले यो समाचार तयार पार्दासम्म्मा ७५ हजार ३ सय ७१ शेयर खरिदबिक्रि भई कम्पनीको मात्रै ३ करोड १५ लाख बराबरको शेयर कारोबार भइसकेको छ।
अपर तामाकोशीले शत प्रतिशत हकप्रद शेयर जारी गर्न बुक क्लोजको मिति तय गरेसगै कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको थियो । लामो समयदेखि शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भने पनि प्राविधिक कारण ल्याउन सकिरहेको थिएन् ।
अपर तामाकोशीको शेयर आज हिजोको तलनामा १५ रुपैयाँ अर्थात् ३।७० प्रतिशतले बढेको छ। कम्पनीको शेयर भाउ दोस्रो बजारमा ४२० रुपैयाा रहेको छ।
अन्तत अपर तामाकोशी हाइड्रोपावरले हकप्रद सेयर निष्काशनको लागि बुक क्लोजको मिति तय भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयले सभा भदौ ६ गते साधारणसभा आयोजना गर्ने भएको हो ।
वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ साउन २५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन् ।
गत असार २२ गते अपर तामाकोशीलाई नेपाल धितोपत्र बोर्डले चुक्तापुँजीको १ः१ को अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद निष्कासनको स्वीकृति दिएको थियो।
हाल अपर तामाकोशीको चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ। कम्पनीले १०० अंकित दरका कुल १० करोड ५९ लाख कित्ता हकप्रद निष्कासन गर्नेछ। हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ।
अपर तामाकोशीको हकप्रदको निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल छन्। जसको कारण पनि दोस्रो बजारमा कम्पनीको शेयरखरिदबिक्रिको चाप परेको देखिएको छ ।












