टिम भेन्चर्सद्वारा फुडमाण्डुको आशिंक शेयर दुई गुणा प्रतिफलसहित हिमालयन क्यापिटललाई बिक्री

१६ श्रावण २०८०, मंगलवार १२:०२

काठमाडौं । टिम भेन्चर्सले हिमालय क्यापिटल लिमिटेडलाई फुडमाण्डुमा भएको आफ्नो लगानीको आशिंक शेयर बिक्री गरेको छ । यसका लागि टिम भेन्चर्स, फुडमाण्डु र हिमालयन क्यापिटले सयुक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

टिम भेन्चर्स प्रा. लि. उर्जा, प्रविधि, घर जग्गा, निर्माण, स्टार्टअप, कृषि पुर्वाधार र विद्युतीय सवारी जस्ता नाफा मुलक क्षेत्रहरूमा विविधिकरण गरी लगानी गर्ने वैकल्पिक लगानी कम्पनि हो ।

फुडमाण्डु प्रा.लि. मा टिम भेन्चर्स प्रा.लि. ले सन् २०२० मा सिरिज बि अन्तर्गतको संस्थागत लगानी गरेको थियो । झण्डै दुई वर्षको छोटो अवधिमै टिम भेन्चर्सले आफ्नो आशिंक लगानी दुई गुणाको प्रतिफल सहित बिक्री गर्न सफल भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*