वाणिज्य बैंकको शेयरमा खरिदबिक्रिको चाप, सानिमा, एभरेष्ट र एनआईसी एशिया बैंकमा लगानीकर्ताको आकर्षण
२१ श्रावण २०८०, आईतवार १५:०६

काठमाडौं । बैंकहरुको वित्तिय विवरण सार्वजनिक भएको दिन नेप्से ओरालो लागेको छ।नेप्सेमा गिरावट आएपनि आजको वित्तिय विवरणलाई नियालेर लगानीकर्ताहरुले बैंकको शेयर खरिदबिक्रि तीव्र पारेको छ।आज बैंकिङ् समूहको शेयर सर्वाधिक खरिदबिक्रि भएको छ।
सानिमा बैंकको आज १२ करोड माथिको सर्वाधिक शेयर कारोबार भएको छ।
त्यस्तै, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, शिवम् सिमेन्ट्स, ग्लोबल आइएमई बैंक, कुमारी बैंक, कृषि विकास बैंक, नबिल बैंक, प्रभु बैंक र प्रोगेशीभ फाइनान्सको सर्वाधिक खरिदबिक्रि भएको छ।













