अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

२५ श्रावण २०८०, बिहीबार ०९:३६

काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज साउन २५ गते अन्तिम दिन रहेको छ ।

कम्पनीले हकप्रद शेयर निष्कासनका लागि भोलि साउन २६ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ आज साउन २५ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद भर्न योग्य हुनेछन् ।

नेपाल धितोपत्र बोर्डले गत असार २२ गते अपर तामाकोशीलाई चुक्तापुँजीको १ः१ को अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद निष्कासनको स्वीकृति दिएको थियो ।

हाल अपर तामाकोशीको चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । अब यो कम्पनीले १०० अंकित दरका कुल १० करोड ५९ लाख कित्ता हकप्रद निष्कासन गर्नेछ ।

अपर तामाकोशीको हकप्रदको निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*