नेप्सेमा झिनो अंकको गिरावट, ६८ कम्पनीको शेयरमूल्य बढ्दा १४५ को घट्यो

२९ श्रावण २०८०, सोमबार १५:१०

काठमाडौं । साता कारोबारको दोस्रो दिन नेप्सेमा झिनो अंकको गिरावट आएको छ । आज ६८ कम्पनीको शेयरमूल्य बढ्दा १४५ कम्पनीको को शेयरमूल्य घटेको छ भने ११ कम्पनीको शेयरमूल्यमा हलचल आएको छैन ।

सोमबार नेप्से परिसूचक ३.६१ अंकले घटेर २०७७ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २७९ कम्पनीहरुको ५४ लाख १७ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड १३ लाख ९० हजारको कारोबार भएको छ ।

नेप्सेमा गिरावट आएसँगै अधिकांश उपसूचकहरुमा पनि रातो पोतिएको छ । सोमबार ८ उपसूचकमा रातो पोतिदा ५ उपसूचकमा भने हरियाली छाएको छ ।

सोमबार हाइड्रोपावर र होटल तथा पर्यटन उपसूचक सर्वाधिक क्रमशः १.५९ र १.५८ प्रतिशतले घटेका छन् । ट्रेडिङ उपसूचक १.४१ प्रतिशतले घटेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन उपसूचक सर्वाधिक ०.६५ प्रतिशतले बढेको छ भने दोस्रोमा म्युचुअल फण्ड उपसूचक ०.५५ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*