दोस्रो बजारमा सर्वाधिक खरिदबिक्री भईरहेको शिवम् सिमेन्ट्सको खुद नाफामा उल्लेख्य मात्रामा गिरावट

काठमाडौं । दोस्रो बजारमा सर्वाधिक खरिदबिक्री भईरहेको शिवम् सिमेन्ट्सको खुद नाफामा उल्लेख्य मात्रामा गिरावट आएको छ ।
गत आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्ममा शिवमले ३० करोड २४ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा ५६।२१ प्रतिशत थोरै हो । अघिल्लो आर्थिक वर्षमा यसले ६९ करोड ७ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
असार मसान्तसम्म सञ्चालन आम्दानी १६।२८ प्रतिशत ले घटेर ७ अर्ब ७५ करोड रुपैयाँमा आएपछि खुद नाफामा असर परेको हो । अघिल्लो वर्ष उक्त आम्दानी ९ अर्ब २६ करोड रुपैयाँ रहेको थियो । यसका साथै कम्पनीको वित्तीय लगात पनि अघिल्लो वर्षको ६ करोड ५३ लाख रुपैयाँबाट बढेर गत असार मसान्तसम्ममा ९ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।
हाल शिवमको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । यसको रिजर्भ कोषमा ३ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ जम्मा भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८७ पैसा ९वार्षिक० रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ २३ पैसा छ ।












