धितोपत्र नियमावली २०८० मन्त्रिपरिषदबाट स्वीकृत, आइपीओ निष्काशनमा खुकुलो नीति र प्रिमियम मूल्यको व्यवस्थामा संसोधन

३० श्रावण २०८०, मंगलवार २१:२२

काठमाडौं । धितोपत्र दर्ता तथा निष्काशसम्बन्धी सातौ नियमावली २०८० स्वीकृत भएको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले धितोपत्र दर्ता तथा निष्काशसम्बन्धी सातौ नियमावली स्वीकृत गरेको हो । बोर्डले नियमावली संशोधनको लागि अर्थ मन्त्रालय मार्फत मन्त्रिपरिषदमा पेश गरेको थियो । लामो समयदेखि रोकिएको यो नियमावली आज पारित भएको बोर्डका अध्यक्ष रमेश हमालले बताएका छन् ।

आज पारित भएको नियमावलीमा आईपीओ निष्काशन गर्ने समयसीमा र अन्य बिषयवस्तु शंसाेधन गरिएको छ । पुरानो व्यवस्था परिमार्जन भएको बोर्डले जनाएको छ ।

नयाँ व्यवस्था अनुसा। दुई आर्थिक वर्ष वित्तिय कारोबार गरिसकेका प्राइभेट कम्पनीहरुले पब्लिक कम्पनीमा परिणत भए लगत्तै आईपीओ निष्काशन गर्न पाउने छन् । प्रिमियममा आइपीओ निष्काशन गर्न पाउने र समयसीमा, दायराको बिषय पनि शंसाेधन गरिएको छ ।

पुँजिबजारमा आकर्षण गर्न नियामावलीमा कम्पनीहरुलाई आईपीओ जारी गर्नको लागि केहि खुकुलो नीति समेत लिएको बोर्डले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*