२० अंकले घट्यो नेप्से, सबै उपसूचक राताम्मे
३१ श्रावण २०८०, बुधबार १५:०७

काठमाडौं । साता कारोबारको चौथो दिन बुधबार नेप्सेमा गिरावट आएको छ । नेप्सेमा गिरावट आएसँगै १३ वटै उपसूचकमा रातो पोतिएको छ ।
आज नेप्से परिसूचक २०.३१ अंकले घटेर २०२५ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २६९ कम्पनीहरुको ४८ लाख ३ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६७ करोड ९९ लाख ८० हजारको कारोबार भएको छ ।
आज सर्वाधिक हाइड्रोपावर उपसूचक १.८५ प्रतिशतले घटेको छ । त्यस्तै आज, उत्पादन तथा प्रशोधन, फाइनान्स आदि उपसूक घटेका छन् ।












