आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
३१ श्रावण २०८०, बुधबार १५:१५

काठमाडौं । साता कारोबारको चौथो दिन नेप्से २० अंकले घटेको छ । नेप्सेमा गिरावट आएसँगै अधिकांश कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ ।
आज माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । सो कम्पनीको शेयरमूल्य ८.०६ प्रतिशतले घटेको छ । दोस्रोमा स्वेत गंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सनको शेयरमूल्य ८.०३ प्रतिशतले घटेको छ ।
त्यस्तै आज, धौलागिरी लघुवित्त, एनआइबीएल ग्रोथ फण्ड तथा मिर्मिरे लघुवित्त आदिको शेयरमूल्य सर्वाधिक घटेको छ ।













