नेप्सेमा झिनो अंकको सुधार, १२ उपसूचकमा हरियाली
३२ श्रावण २०८०, बिहीबार १५:०५

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा झिनो अंकको सुधार आएको छ । नेप्सेमा सुधार आएसँगै १२ उपसूचकमा हरियाली छाएको छ ।बिहीबार नेप्से परिसूचक ८ अंकले बढेर २०३३ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २७१ कम्पनीहरुको ४० लाख कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५४ करोड १३ लाखको कारोबार भएको छ ।
आज ट्रेडिङ उपसूचक सर्वाधिक २.५३ प्रतिशतले बढेको छ भने दोस्रोमा होटल तथा पर्यटन उपसूचक २ प्रतिशतले बढेको छ ।
त्यस्तै, आज एकमात्र म्युचुअल फण्ड उपसूचक ०.२३ प्रतिशतले घटेको छ ।












