सोल्टी होटल र आइएमई लाइफको सर्वाधिक कारोबार, यी हुन आजका सर्वाधिक कारोबार हुने टप १० कम्पनीहरु

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज सोल्टी होटल र आईएमई लाइफको सर्वाधिक कारोबार भएको छ । नेप्सेका अनुसार साउन महिना तथा यो साताको अन्तिम दिन बिहिवार सोल्टी होटलको १३ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, आज जीवन बीमा कम्पनी आईएमई लाइफ दोस्रो सर्वाधिक कारोबार हुने कम्पनीमा परेको छ । आइएमई लाइफको सात करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ ।
बिहिवार घोराही सिमेन्ट र शिवम् सिमेन्ट पनि कारोबारमा चम्किएका छन् । विवादै विवादका बीचमा आईपिओ जारी गरेको घोराही सिमेन्टको आज पाँच करोड ११ लाख रुपैयाँको कारोबार हुँदा शिवम् सिमेन्टको चार करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ ।
आजको टप १० कम्पनीहरुमा हिमालयन डिस्टीलरी, सुर्यज्योति लाइफ, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी, सानिमा माई हाइड्रोपावर र माछापुच्छ्रे बैंक र एभरेष्ट बैंकको सर्वाधिक कारोबार भएको छ ।













