सर्वाधिक कमाउने सूचिमा सामूहिक लगानी कोष, यी हुन आज चम्किएका १० कम्पनी

३२ श्रावण २०८०, बिहीबार १५:१७

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज सर्वाधिक मूल्यबृद्धि भएका १० कम्पनीको सूचिको पहिलो नम्वरमा सामूहिक लगानी कोष परेको छ । धेरै घटबढ नहुने भएपनि केही समयदेखि कम आकर्षणमा रहेको सामूहिक लगानी कोष आज सबैभन्दा मूल्यबृद्धि हुने सूचिको पहिलो नम्वरमा पर्न सफल भएको छ ।

आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम फण्डमा १० प्रतिशतले मूल्यबृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै, दोस्रो नम्वरमा लिवर्टी इनर्जी रहेको छ । सो कम्पनीको शेयर ९.७४ प्रतिशत मूल्यबृद्धि भई पोजेटिभ सर्किट लागेको छ ।

त्यस्तै अपर स्याङ्गे हाइड्रोपावरको शेयरमा ६.१७ प्रतिशत मूल्यबृद्धि हुँदा सगरमाथा जलविद्युत कम्पनीमा ५.७७ प्रतिशत, आशा लघुवित्तमा ४.९८ प्रतिशत, बिशाल बजार कम्पनीमा ४.८० प्रतिशतले मूल्यबृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*