हिमालयन ८०–२० मा इकाईधनीहरुको आकर्षण बढ्दै, २३ हजार बढीको आवेदन
३ भाद्र २०८०, आईतवार २१:३०

काठमाडौं । हिमालयन ८०–२० मा इकाईधनीहरुको आकर्षण थप देखिएको छ।
फण्डमा आजसम्ममा २३ हजार ५१२ जनाले आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको तथ्यांकले देखाएको छ। आज अर्थात भदौ ३ गते साँझ ५ः०६ बजेसम्म १ करोड ३२ लाख २७ हजार ६०० कित्ताका लागि आवेदन दिएका हुन् ।
निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रबर्द्क हिमालयन बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो ।












