अपी पावरको हकप्रद शेयरमा आवेदन दिने समय थप

४ भाद्र २०८०, सोमबार १०:४७

काठमाडौं । अपी पावरको हकप्रद शेयरमा आवेदन दिने समय थप भएको छ । हकप्रद सेयरको समय थगप गरी लगानीकर्ताले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।कम्पनीले साउन ३१ गतेदेखि ४० प्रतिशत हकप्रद सेयर जारी गरेको हो।

कम्पनीले १ः०.४ प्रतिशत अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गरेको सेयरको म्याद प’न थप गरेको हो ।

कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो।

उक्त हकप्रद सेयरको लागि यसले असार २२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार २१ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउन व्यवस्था रहेको थियो ।
यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल प्लस रेटिङ्ग प्रदान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*