यी वेबसाईटबाट हेर्नुस् भगवती हाइड्रोपावरको आईपीओको नतिजा
१८ भाद्र २०८०, सोमबार १०:३०

काठमाडौं । सर्वसाधारणलाई निष्काशन गरेको भगवती हाइड्रोपावरको आईपीओ आज बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज सोमबार शेयर बाँडफाँड गरेको हो ।
कम्पनीको आईपीओको नतिजा केही समय पश्चात हेर्न सकिनेछ । उक्त आईपीओको नतिजा बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट https://www.siddharthacapital.com/ , सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ हेर्न सकिने छ ।
मेरोशेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।












