‘नेप्से–३० इन्डेक्स’ औपचारिक रुपमा सञ्चालन गर्न बोर्डको स्वीकृती, कहिलेदेखि कार्यान्वयनमा आँउला ?

काठमाडौं । नेप्से ले नयाँ परिसूचक ‘नेप्से–३० इन्डेक्स’ को परीक्षण सुरु गरेको करिब २ महिनापछि औपचारिक रुपमा सञ्चालन गर्ने बाटो खुलेको छ । नेप्से यो व्यवस्था चाठ
लामो समयदेखि रोकिरहेको ‘नेप्से–३० इन्डेक्स’लाई सोमबार बसेको सञ्चालक समिति बैठकले ‘नेपाल स्टक एक्सचेन्ज लिमिटेड सूचकांक (इन्डेक्स) विकास, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आन्तरिक कार्यविधि, २०७९’ पास गरेसँगै नेप्से ३० इन्डेक्सको औपचारिक सुरुवात गर्ने बाटो खुलेको हो ।
उक्त कार्यविधि पास भएसँगै नेप्से–३० इन्डेक्सलाई पूर्णरुपमा सञ्चालनमा ल्याउनसमेत बाटो खुलेको नेप्सेका सिईओ कृष्ण बहादुर कार्की बताँउछन् ।
सञ्चालक समितिले कार्यविधि पास गरेसँगै कार्यन्यवनको लागि समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।अबको केही समयमा नै नेप्से–३० इन्डेक्स पूर्णरुपमा कारोबारमा आउने उनले जानकारी दिएका छन् ।
अहिलेसम्म सूचीकृत सबै कम्पनीलाई एउटै बास्केटमा राखेर नेप्से सूचकमार्फत गणना हुँदै आएको छ ।












