जोशी हाइड्रोपावरको बार्षिक साधारणसभा भदौ ३१ गते, हकप्रद प्रस्ताव मुख्य एजेण्डा

२७ भाद्र २०८०, बुधबार ०९:१३

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले अघिल्लो आर्थिक वर्षको वार्षिक साधारण सभा आइतबार भदौ ३१ गते आयोजना गर्ने भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०।६५ अनुपात ९६५५० मा हकप्रद सेयर निष्कासन गर्ने मुख्य प्रस्ताव सभामा पेश गर्ने भएको छ । हकप्रद निष्कासनपश्चात पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । साधारण सभामार्फत संस्थापक समूहबाट जना १ र सर्वसाधारण समूहबाट पनि १ जना गरी कुल २ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा गरेको छ । सभा लिसारा ब्यांकेट हल, नक्साल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभा प्रयोजनका लागि भदौ १८ गते बुक क्लोज गरिएको छ । भदौ १७ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् । हाल जोशीको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ । उक्त पुँजीमा प्रस्तावित ६५५ हकप्रद सेयर जारी भएमा चुक्ता पुँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*