भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओमा २५ हजार ५९९ जना वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात भदौ २७ गते साँझ ५ः०६ बजेसम्म ६ लाख ९१ हजार ३२० कित्ता बराबरको ६ करोड ९१ लाख ३२ हजार रुपैयाँका लागि आवेदन दिएका हुन् ।
यता, आयोजना प्रभावित स्थानिय बासिन्दाले भने कम्पनीको आइपीओमा ७५ जनाले मात्र आवेदन दिएका छ । ४५ हजार ४४० कित्ताका लागि आवेदन दिएका हुन् कम्पनीले भदौ १९ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले स्थानीयलाई जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात १९ करोड १२ लाख २५ हजार रुपैयाँ बराबरको सेयर निष्कासन गरेको हो । कम्पनीले १ सय अंकित मूल्यमा १९ लाख १२ हजार ५ सय कित्ता सेयर स्थानीयलाई जारी गरेको छ। जसमा अति प्रभावित क्षेत्र कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको वडा नं १, २, ३, ४ र पोखरा महानगरपालिकाको वडा नं १९ का स्थानीय बासिन्दालाई निष्कासन गरेको हो ।
साथै,सर्वसाधारणमा निष्कासन हुने सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ९१ हजार २५० कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन् । आइपीओमा स्थानीय लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ३ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता देखि अधिकतम १९ हजार १२० कित्तासम्म आवेदन दिन सक्नेछन् ।
आइपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ । स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा असोज १७ गतेसम्म आवेदन दिन पाउनेछन् ।












