शेयर बजारमा १२ करोडको सीमा हटाउनुपर्छः अर्थमन्त्री डा.महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर बजारमा १२ करोडको सीमा हटाउनुपर्ने बताएका छन् । सेजनको भेटमा उनले यस्तो बताएका छन् ।
अहिले घरजग्गा र सेयर बजारमा ओभर हिटिङ भएको, चाँडो फाइदा लिन म्यानुपुलेसन भएको र जग्गाको मूल्य अस्वाभाविक वृद्धि भएको पनि उनले बताए । जग्गाको कित्ताकाट खुल्दा बजार चलायमान हुने उनको दाबी छ । सेयर बजार र जग्गामा भएको लगानीलाई अनुत्पादक भनिहाल्न नहुने मन्त्री महतको तर्क छ ।
अहिले लगानीकर्ता, उपभोक्ता, बैंकर्स सबैमा दुबिधा हुँदा बजारमा पैसा चलायनमान हुन नसकेको उनmे बताएका छन् ।
मन्त्री महतले विगतमा ब्याजदर घटेका बेला विचार गरेर लगानी नगरेका कारण अहिलेको परिस्थिति आएको बताए । त्यसकारण पनि यसअघि भएको लगानीअनुसार प्रतिफल प्राप्त नभएको उनको तर्क छ ।
‘नेपाल राष्ट्र बैंकले माइक्रो लेबलमा यो गर, त्यो गर, यहाँ योभन्दा बढी गर्न पाउँदैनौं भन्दा पुँजीको मोबिलिटी हुन पाएको छैन, म यो क्षेत्रको सट्टा यहाँ गर्छु भन्न नसक्ने स्थिति छ,’ उनले भने, ‘राष्ट्र बैंकले ल्याएको पछिल्लो निर्देशिकाले केही सहज गरे पनि अन्य केही कुरा थपिएर आएका छन्, त्यसले निजी क्षेत्र हच्किएको छ ।’












