मनकामना इन्जिनियरिङ्गको शेयर भोलिदेखि कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

७ आश्विन २०८०, आईतवार १६:२३

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयर भोलिदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कम्पनीको १ सय रुपैयाँ अंकित मूल्यका दरले ८० लाख कित्ता शेयर सूचीकृत गरेको छ । नेप्सेमा कम्पनीको बैदेशिक रोजागारमा रहेका नेपाली, स्थानीय, कर्मचारीहरुमा समेत वितरण गरिएको ३५ प्रतिशत र संस्थापक समुहको ६५ प्रतिशत  शेयर सूचीकृत भएको हो ।

कूनै पनि कम्पनीको शेयर वा आइपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनदेखि कारोबारमा आउने नियम छ । नियम अनुसार कम्पनीको शेयर भोलिदेखि कारोबारमा आउने भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*