नौ अंकले बढ्यो नेप्से
१७ आश्विन २०८०, बुधबार १५:०६

काठमाडौं । साता कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक ९ अंकले बढेर १९६७ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा ४३ लाख २३ हजार २१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ९९ लाख ३१ हजारको कारोबार भएको छ । आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक १.५२ प्रतिशतले बढेको छ । त्यस्तै, हाइड्रोपावर उपसूचक १.३७ र फाइनान्स उपसूचक १.०४ प्रतिशतले बढेको छ ।











