आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
१७ आश्विन २०८०, बुधबार १५:१५

काठमाडौं । बुधबार नेप्से उपसूचकमा सामान्य अंकको सुधार देखिएतापनि केही कम्पनीहरुको शेयरमूल्यम गिरावट आएको छ ।
आज समता घरेलु लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.६१ प्रतिशतले घटेको छ । हिमालयन लघुवित्तको ४.५५, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को ३.८७, आशा लघुवित्तको ३.८४, एनआईसी एशिया सेलेक्ट फण्ड–३० को ३.४१, बीपीडब्लु लघुवित्तको ३.१०, गुराँस लघुवित्तको ३, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को २.१३, नबिल ब्यालेन्स फण्ड–३ को २.०३ र कुमारी इक्विटी फण्डको २.०२ प्रतिशतले शेयरमूल्य घटेको छ ।












