ग्लोबल आइएमई बैंकको ग्लोबल स्काई क्लव कार्डबाट यति एयरमा टिकट काट्दा शत प्रतिशत क्यासब्याक
काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडले यती एअरलाइन्ससँगको सहकार्यमा बैंकका ग्राहकहरुलाई हवाई यात्रा गर्दा विभिन्न सेवा सुविधा सहित ‘ग्लोबल स्काई क्लब कार्ड’ शुभारम्भ गरेको छ । काठमाडौँमा आइतबार आयोजित विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी...
प्रभु बैंक र इला कम्र्फट होटल एण्ड रिर्सोटबीच विशेष छुट सम्झौता
काठमाडौं । प्रभु बैंक लिमिटेड र बाग्लुङ नपरपालिका वडा नं.–२ आवारोड स्थित इला कम्र्फट होटल एण्ड रिर्साेट बीच व्यवसायिक साझेदारीको लागि आज एक कार्यक्रमका वीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको...
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा ल्याउने तयारीमा राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा ल्याउने तयारी गरिरहेको छ। गत वर्ष जेठ ४ गते नै मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको थियो । यसपाली गभर्नर नियुक्ति लगायतका कारणले ढिलो हुन गएको...
गभर्नर बन्न खोजेका गुणाकर भट्टको राजिनामा अस्वीकृत, गभर्नरको सचिवालयमा सरुवा
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर बन्न कार्यकारी निर्देशक पदबाट राजिनामा गरेका डा. गुणाकर भट्टको राजिनामा अस्वीकृत भएको छ । गभर्नर डा. विश्वनाथ पौडेलले भट्टको राजिनामा अस्वीकृत गर्दै आफ्नै सचिवालयमा सरुवा गरेको बुझिएको छ । कार्यकारी निर्देशक भट्टले गभर्नर...
एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय कमलादीको आफ्नै भवनमा स्थानान्तरण
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय कमलादी, काठमाडौं–२८ स्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ । क्त नवनिर्मित भवनमा वैदिक सनातन विधिपूर्वक पूजा अर्चना गरि बैंक सञ्चालक समितिका अध्यक्ष श्री तुलसीराम अग्रवालज्यूबाट मिति २०८२ ज्येष्ठ १० गते समुद्घाटन...
राधी र युनिभर्सल पावर लगानीकर्ताको रोजाइमा, अन्य कुनको भयो बढी कारोबार
काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार नेप्सेमा करीब ७ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको छ। जसमध्ये राधी विद्युत कम्पनीको सर्वाधिक साढे ७१ करोड रुपैयाँको शेयर किनबेच भएको छ। त्यस्तै दोस्रोमा युनिभर्सल पावरको ३० करोड ३१ लाख, तेस्रोमा...
महालक्ष्मी विकास बैंक नेशनल कार्ड स्वीच र नेपालपेमा आवद्ध
काठमाडौं । महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल सदस्यताका लागि सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह...
महालक्ष्मी विकास बैंकको ३१औं वार्षिकोत्सवमा ३१ जना महिला उद्यमीलाई सम्मान
काठमाडौं । महालक्ष्मी विकास बैंकले जेठ ७ गतेदेखि ३१औं वर्षमा प्रवेश गरेको अवसरमा ३१ जना महिला उद्यमीहरूलाई सम्मान गरेको छ । वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताको मुल प्रवाहमा ल्याउने उद्देश्य सहित उक्त सम्मान गरिएको बैंकले...
राष्ट्र बैंकले आज बजारबाट ३० अर्ब रूपैयाँ तरलता तान्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत् ३० अर्ब रूपैयाँ तान्ने भएको छ। यसमा इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत् आवेदन दिन सक्नेछन्। बैंकले २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागको हो...
डिप्रोक्स लघुवित्तका स्वतन्त्र संचालक श्यामकृष्ण दाहालको पदावधि समाप्त
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक श्यामकृष दाहालको पदावधि समाप्त भएको छ। दाहाल २०७८ जेठ ११ गतेदेखि चार वर्षे कार्यकालको लागि स्वतन्त्र सञ्चालकमा नियुक्त भएका थिए। उनको पदावधि जेठ १० गतेबाट समाप्त भएको कम्पनीले जानकारी दिएको...
सम्पदा लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले २९ हजार ४०० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले अबको १५ दिनभित्र आवश्यक कागजात सहित आफूले लिन चाहेको शेयर विवरण खुलाएर तनहुँस्थित कम्पनीको केन्द्रीय...
सूचीकृत ५० लघुवित्तको वित्तीय रिपोर्टः खुद नाफा ३१% ले बढ्यो, साढे ४ अर्ब नाफामा कुनले कति कमाए ? (सूचीसहित)
काठमाडौँ । विभिन्न कारणले थला परेको माइक्रोफाइनान्स सेक्टर लयमा फर्कि रहेको छ । बजारमा चलेका हल्ला र नियामक निकायको पेचिलो नीतिको मार परेको क्षेत्रले विस्तारै सकारात्मक बाटो समाति रहेको हो । अझ खराब कर्जा (एनपिएल) को भुमरीमा रोमलिएका लघुवित्त...
राष्ट्र बैंकले सुधार गनुपर्ने २२ वटा काम गर्नुपर्ने कामहरु यस्ता छन्
काठमार्डौं । आर्थिक सुधारका लागि नेपाल राष्ट्र बैंकले २२ वटा काम गर्नुपर्ने देखिएको छ । सरकारले स्वीकृत गरेको आर्थिक सुधार कार्यान्वयन कार्ययोजनामा राष्ट्र बैंकले गर्ने भनेर उक्त कार्य तोकिएको हो । राष्ट्र बैंकले गर्ने भनेका कामहरूमा मौद्रिक नीति, ब्याजदर,...
बैंकिङ क्षेत्रलाई सशक्त बनाउँदै आर्थिक सुधार कार्ययोजनाः लघुउद्यमका लागि स्थिर ब्याजदरमा कर्जा उपलब्ध गराइने
काठमाडौँ । सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ सार्वजनिक गर्दै बैंकिङ क्षेत्रमा विशेष सुधारका पहलहरु अघि सारेको छ। योजना अनुसार सबै खाले बैंक, वित्तीय संस्था र सहकारीहरुको एकीकृत निक्षेप तथा कर्जा सुरक्षा प्रणाली स्थापना गरिनेछ, जसले कर्जा प्रक्रिया पारदर्शी...
तत्कालका लागि नयाँ सहकारी स्वीकृती दिन र शाखा खोल्न सरकारले लगायो प्रतिबन्ध
काठमाडौं । सरकारले तत्कालका लागि नयाँ सहकारी संस्था र संचालनमा रहेका सहकारीको शाखा खोल्न प्रतिबन्ध लगाएको छ। सरकारले आर्थिक सुधार सुझाव आयोगले दिएको सुझाव कार्यान्वयनका लागि बनाएको कार्ययोजनामा एक वर्ष भित्र सो व्यवस्था कार्यान्वयन गर्ने सुभाव दिएको छ ।...
एकल महिला र बालबालिकाको सशक्तिकरणमा सिटिजन्स बैंकको साथः आवाज नेपाललाई सहयोग
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लामो समय देखी निरन्तर रुपमा एकल महिला र बालबालिकाको अधिकार, न्याय, मानव अधिकार, मानव ओसारपसार, द्वन्द्व प्रभावित र घरेलु हिंसा जस्ता विषयमा सशक्तिकरणका लागि काम गर्दै आएकोे कर्णाली प्रदेशको...
राष्ट्र बैंकको डेपुटी गभर्नरको जिम्मेवारी बाँडफाँट, डा. निलम ढुंगानालाई फकाउने पक्षमा नवनियुक्त गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरको जिम्मेवारी बाँडफाँट गरिएको छ । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले डेपुटी गभर्नर डा.निलम ढुङ्गाना र बमबहादुर मिश्रको कार्य विभाजन गरेका हुन् ।यसअघिका गभर्नर महाप्रसाद अधिकारीले डेपुटी गभर्नरको भागमा दिएको जिम्मेवारी नवनियुक्ति गभर्नर डा।...
नेशनल लघुवित्तको ७० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ जना संस्थापक शेयरधनीहरूको ७० हजार १५९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। शेयर खरीद गर्न...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक लाख ६९ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको एक लाख ६९ हजार २१९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले...
प्रतिकित्ता ३९० रूपैयाँमा छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले दुईजना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ३३ हजार ९७१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो।...



















