धेरै पेशामा अनुभव गरेपछि बीमालाई जीवनको अभिन्न अंग बनाएकी संगिता बस्नेतको सफलताको कथा

काठमाडौं । जीवनमा हजारौं कठिनाई आउछन् । एउटा ठाउँको ढोका बन्द भयो भने हजारौं अरु ढोकाहरु खुल्ला हुन्छन् । ‘निरन्तर संघर्ष गर्नु नै जीवन सफल बनाउने आधार हो’ भन्ने मूल मान्यतालाई आत्मसात गर्दै अघि बढेकी संगिता बस्नेत कार्की यतिबेला...


सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारणसभा आज (असोज २३) काठमाडौंको शंखमूलस्थित अनमोल बैंक्वेटमा सम्पन्न भएको छ । सभाले शेयरधनीहरूलाई १८.३८११ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपले पारित गरेको छ । यसका साथै सञ्चालक समितिको...


प्रभु महालक्ष्मी लाइफको साधारणसभा सम्पन्न, लाभांश र हकप्रद प्रस्ताव पारित

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारणसभा आज (असोज २३) काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव...


मारवाडी सेवा समितिलाई फुटाएर हडप्न खोजेका थिए वसन्त चौधरीले गौशाला धर्मशालाको (९-९) रोपनी जग्गा

काठमाडौं । गौशाला धर्मशाला मारवाडी सेवा समितिको कब्जाबाट मुक्त गर्ने पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदको निर्णय विवादमा परेको छ ।असोज १६ गते जिल्ला अदालत काठमाडौंले मारवाडी सेवा समितिसँगको सम्झौता खारेजीको निर्णय बदरविरुद्ध परेको रिटमा दाबी नपुग्ने फैसला गरेको...


सानिमा बैंकद्वारा ५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको संचित मुनाफाबाट शेयरधनीहरूलाई कर समेत गरी ५.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो...


‘बाढी पहिरो बीमा सचेतनाका लागि अवसर हो’

काठमाडौं । अविरल बर्षाको कारण आएको बाढी पहिरो बीमा सचेतनाका लागि अवसर रहेको बीमा कम्पनीका सिईओहरुले बताएका छन्। प्राकृतिक प्रकोपको विपत्तिको घटना बीमा कम्पनीहरुको लागि चुनौतका साथ– साथै अवसर पनि रहेको बीमकहरुले बताएका हुन् । नेपाल बीमा प्राधिकरणद्वारा विजया...


धितोमा राखेको शेयर बेच्न राष्ट्र बैंकको कडाई, के छ नयाँ व्यवस्था ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले धितोमा स्वीकार गरेको शेयरहरु बेच्न कडाई गरेको छ । बैंकहरुले शेयर धितो कर्जा सम्बन्धी प्रडक्ट पेपरमै मार्जिन कल गर्ने तथा थप सुरक्षण नराखेमा शेयरबिक्री गरी असुल उपर गर्ने सम्बन्धी स्पष्ट...


बीमा प्राधिकरण र बीमकबीच दशैंको शुभकामना आदान प्रदान, ‘बाढी पीडितलाई सक्दो चाँडो दावी दिनुपर्छ’: सिलवाल

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले विजयाँ दशमीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । प्राधिकरण केन्द्रिय कोर्यालयमा मंगलबार एक कार्यक्रम आयोजना गरी बीमा प्राधिकरण र बीमक संगठनका अधिकारीहरुले शुभकामना आदान प्रदान गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै...


दशैं बिदामा सुदूरपश्चिम घुम्ने की ?, यी हुन् लोभलाग्दा घुमफिर स्थलहरु

काठमाडौँ । दशैं हिन्दु धर्मालम्बीहरुको प्रमुख पर्व हो, जसलाई विशेष उल्लास र भक्तिभावका साथ मनाइन्छ । यो पर्वको विशेषता भनेकै लामो बिदा हो, जसले सरकारी र निजी कार्यालयका कर्मचारीहरुलाई आफ्नो परिवार र साथीहरूसँग समय बिताउने अवसर प्रदान गर्दछ ।...


ग्लोबल आइएमई बैंकद्वारा ५.५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीहरूलाई ५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ५.५ प्रतिशत...


वैदेशिक रोजगारका क्रममा मर्नेका परिवारले पाउने क्षतिपूर्ति १० लाख, बीमा रकम जोड्दा २३ लाख कट्ने

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको आश्रित परिवारलाई दिने क्षतिपूर्ति बढाएको छ । अब वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाका आश्रित परिवारले १० लाख रुपैयाँ क्षतिपूर्ति पाउने भएका हुन् । हाल त्यस्ता मृतकका परिवारले ७ लाख रुपैयाँ पाइरहेका...


बाढी पहिरोमा परेका सबै सम्पत्तिको बीमा रकम पाइन्छ, हामी सर्भेयरहरु तीव्र गतिमा काम गर्दैछौंः मोहन पुरुष ढकाल, अध्यक्ष निसा

काठमाडौं । असोज ११ र १२ गते परेको अविरल बर्षाको कारण देशभर ठूलो मात्रामा धनजनको क्षतीको भएको छ । देशले यो बर्ष ठूलो क्षति व्योहेर्नु परेको छ । ठूलो क्षतिसँगै बीमा कम्पनीहरुमा दावी पर्ने क्रम पनि बढिरहेको छ ।...


बागमती प्रदेशमा बीमा दाबी धेरै पर्ने, सम्पत्ति इन्जिनियरिङ, ठेकेदार बीमामा ६ अर्बसम्म दाबी पर्ने अनुमान

काठमाडौं । बाढी पहिरोको कारण हाल नेपालमा संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरूमा ७ अर्ब २१ करोड रुपैयाँ बराबरको दाबी पर्ने कम्पनीहरूले अनुमान गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार बीमा कम्पनीहरुमा २ हजार ३३७ वटा दाबी...


गौशाला धर्मशाला कब्जा गर्ने बसन्त चौधरीको प्रयास विफल, फैसलाको पूर्णपाठपछि के होला ?

काठमाडौं । २१ वर्ष अघिदेखि मारवाडी सेवा समितिले अवैधरुपमा व्यापार गर्दै आएको गौशाला धर्मशालासहितको जमिन हडप्ने वसन्त चौधरीको प्रयास अन्ततः विफल भएको छ । दुई कार्यकाल पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव खाएका वसन्त चौधरीले २०६० साल जेठ ९ गते...


नेपाल बीमा प्राधिकरणको पुरानो भवन भत्काइदै, आजबाट नयाँ भवन आंशिक रुपमा सञ्चालनमा

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरण रहेको पुरानो भवन यही दशैं अवधीमा भत्काइने भएको छ । पुरानो भवन नभत्काई नयाँ भवनमा जाने बाटो नै बनाउन नमिल्ने भएपछि हालको ब्लक ‘क’ लाई भत्काइन लागेको हो । मुख्य भवन भत्काइने भएपछि...


कृषि तथा पशुपंक्षी मन्त्रालयद्वारा बाली तथा पशुपंक्षी बीमा शुल्क अनुदान सम्बन्धी कार्यविधि जारी (कार्यविधि सहित)

काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्रालयले बाली तथा पशुपंक्षी बीमाको शुल्क अनुदान उपलब्ध गराउने सम्बन्धमा नयाँ कार्यविधि जारी गरेको छ । जस अनुसार अबदेखि सबैले ८० प्रतिशत कृषि बीमाको अनुदान पाउने छैनन् । बीमांक रकम अनुसार कृषि बीमाको बीमा...


देशैभर बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरुमा कति पर्दैछन् दाबी? (सूचीसहित)

काठमाडौं ।बाढी पहिरोको कारण हाल नेपालमा संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरूमा ७ अर्ब २१ करोड रुपैयाँ बराबरको दाबी पर्ने कम्पनीहरूले अनुमान गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार गत १६ गतेसम्मका कम्पनीहरूमा प्राप्त विवरण अनुसार २...


अत्याधुनिक नयाँ भवनबाट कारोबार सुरु गर्दै हिमालयन एभरेष्ट, बबरमहलमा यस्तो बन्यो भवन

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्नै नवनिर्मित अत्याधुनिक सुविधा सम्पन्न भवनबाट बीमा सेवा प्रदान गर्ने भएको छ । नयाँ भवनबाट कारोबार सुरु गरेसँगै बीमितहरुले थप सहज बीमा सेवा पाउनेछन् । हाल थापागाउँ काठमाडौंमा सञ्चालित केन्द्रिय कार्यालयले यही असोज...


अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनबारे नेपालकै बिज्ञहरु बेखवर, नतिजामुखी हुनेमा आशंका

काठमाडौं । म्यूनिख रिको मुख्य आयोजनामा काठमाडौंमा हुन लागेको अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनमा नेपालकै बीमा बिज्ञहरुलाई सहभागी नगराइएको पाइएको छ । नेपाल बीमा प्राधिकरणमा लामो समयसम्म बीमा बिज्ञको रुपमा काम गरेका बीमा बिज्ञ भोजराज शर्माले नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय...


इजरायल-इरान युद्धले अमेरिका त्रसित, इजरायली कदम कमला ह्यारिसका लागि घातक, ट्रम्पलाई राहत

काठमाडौं । मध्यपूर्वमा विनाशकारी युद्धलाई निम्ता दिइरहेको इजरायली कदमलाई लिएर संयुक्त राज्य अमेरिका त्रसित भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानको तेल क्षेत्रमा आक्रमण नगर्न इजरायलाई आग्रह गरेका छन् । ह्वाइटहाउसमा आकस्मिक बिफिङ् दिँदै अमेरिकी राष्ट्रपति बाइडेनले इजरायली...