पार्टी सभापतिले संसदबाट गरेको आग्रहलाई अटेर गर्दै भ्रष्ट र सेटिङका नियुक्तिधारी

काठमाडौं । गत चैत्र १८ गतेको पहिलो संसद बैठकबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यसअघिका सरकारहरुले सेटिङको भरमा नियुक्त गरेका दर्जनौं कांग्रेस एमाले र माओवादी समर्थकहरुलाई स्वतः स्फूर्त राजिनामा दिन भनेको पनि आज चार दिन बितिसकेको छ ।...


पोलिसी हेरफेर गर्ने आधा दर्जनभन्दा बढी कम्पनीमाथि प्राधिकरणले कारवाही गर्दै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आधा दर्जनभन्दा बढी निर्जिवन बीमा कम्पनीहरुलाई निगरानीमा राखेर अनुसन्धान गर्दा कैफियत फेला पारेको छ । बीमा पोलिसीभन्दा फरक र हेरफेर गरेका बीमा कम्पनीमाथि प्राधिकरणले कारवाही अघि बढाउने तयारी गरेको हो । बीमा ऐन अन्तर्गत...


नयाँ सरकारलाई पुँजी बजारको रातो झण्डा, माफिया बाहिरिंदा बजार प्रभावित हुन थालेको हो ?

काठमाडौँ । दुई तिहाई नजिकको सरकार गठन भएपछि नेपाली पुँजी बजारले हरियालीको आशा गरेको थियो । राजनीतिक अस्थिरताको लामो समयपछि स्थायी सरकार आउँदैछ भन्ने अपेक्षाले बजारमा सकारात्मक संकेत देखाउने अनुमान गरिएको थियो । तर, बालेन शाह नेतृत्वको नयाँ सरकार...


बीमाको नाममा स्वास्थ्य व्यवसाय चलाउने मेट लाइफको बदमासी, प्राधिकरणलाई जानकारी नदिई एप अपग्रेड

काठमाडौं । मेटलाइफ नेपालले बीमाको सिद्धान्त विपरित रहेर ‘वान बाई मेटलाइफ’ मोबाइल एपमा नयाँ अपडेट गरेको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणलाई नै कुनै जानकारी नदिई कम्पनीले बीमाको लागि भनेर खोलिएको स्वास्थ्य क्षेत्रमा काम गर्ने एपमा नयाँ अपडेट...


बालेन नेतृत्वको नयाँ सरकारले देशको बागडोर सम्हाल्दा कस्तो छ आर्थिक अवस्था ?

काठमाडौँ । राजनीतिक अस्थिरताबाट थिचिएको नेपालले लामो समयको प्रतिक्षापछि स्थिर सरकार पाएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई तिहाई सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको थियो । एउटै पार्टीको...


राजनीतिक नियुक्ती लिएका सबैलाई स्वेच्छिक रुपमा राजिनामा गर्न रवि लामिछानेको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेस र एमाले अनि माओवादी पार्टीहरुको कोटामा विगतका सरकारबाट राजनीतिक नियुक्ती लिएका सबैलाई राजिनामा गर्न चेतावनी दिएका छन् । आज बसेको प्रतिनिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले भने, ‘संविधान...


राजस्व चुहावट रोक्न उच्चस्तरीय छलफल, ‘अब लक्ष्य भेटियो मात्र होइन, लक्ष्य नाघेको नतिजा चाहिन्छ’

काठमाडौँ। नयाँ सरकार गठन भएलगत्तै राजस्व चुहावट नियन्त्रण गर्ने उच्चस्तरीय प्रयास तीव्र बनाइएको छ। अर्थ मन्त्रालयमा बिहीबार बिहान बसेको बैठकमा मुख्य रूपले सीमा नाकाबाट हुने अवैध आयात र आन्तरिक रूपमा हुने राजस्व छली नियन्त्रणमा कसरी प्रभावकारी कदम चाल्न सकिन्छ...


नबिल बैंकले पायो ‘ए प्लस’ रेटिङ, वित्तीय स्थायित्व र विश्वसनीयता थप सुदृढ

काठमाडौं । नेपालका अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेडलाई ए प्लस रेटिङ प्रदान गरिएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले बैंकको जारीकर्ता रेटिङ ‘ए प्लस’ मा सुधार गरेको हो । यसअघि बैंकको रेटिङ ‘ए’ रहेको थियो। यस...


विप्रेषण विनियमावली संशोधन, मर्जरदेखि पुँजीको समयसिमा थप

काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रेषण (रेमिट्यान्स) कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी पुर्‍याउने समयअवधि दुुई बर्ष थप गरेको छ । राष्ट्र बैंले ‘विप्रेषण विनियमावली, २०७९ दोस्रो संशोधन गर्दै दुई वर्ष थप गरेको छ। ‘व विप्रेषण विनियमावली संसोधन भएसँगै अब रेमिट्यान्स...


१४ लघुवित्त राष्ट्र बैंकको कारवाहीमा

काठमाडौं । नियामक निकायको ऐन विरुद्ध काम गर्ने १४ लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले कारवाही गरेको छ । राष्ट्र बैंकले पूँजी कोष नपु¥याउने तथा बचतकर्तालाई दिने ब्याजदर न्यून कायम गरेको पाएपछि कारबाही गरेको हो। ८ लघुवित्त वित्तीय संस्थाको...


ईभी गाडीमा बढ्यो क्रेजः नियमन र मापदण्ड भने शून्य, कहिलेसम्म ठगिने उपभोक्ता ?

काठमाडौँ । पछिल्लो केहि वर्षयता नेपाली अटो बजारमा इलेक्ट्रिक भेहिकल अर्थात् ईभीको क्रेज तिव्र रुपमा बढिरहेको छ। उपभोक्ताको उच्च मागका कारण बजार विस्तार तीव्र छ भने ग्रामिण क्षेत्रहरुमा समेत ईभी गाडी देखिन थालेका छन्। पेट्रोलियम पदार्थको आयात घटाउने, वायु...


सरकारी कार्यशैलीले कर्मचारी हतोत्साहित, मनोबल लुछेर नतिजा निकाल्न सकिएला ?

काठमाडौं । फागुन २१ मा सम्पन्न भएको निर्वाचनपछि नयाँ सरकार बनेको आज छ दिन मात्रै हुँदैछ तर सिंहदरवारभित्रै कर्मचारीहरू हतोत्साहित र आतंकित मानसिकता लिएर कुर्सीमा बसिरहेका छन् । राजनीतिक पार्टीहरूले मच्चाएको ब्रम्हलूट, भ्रष्टाचार र विकृतिको अपजसको भारी थोपरेर मन्त्री...


१० बर्षसम्म निष्क्रिय बैंक खाताबाट एक खर्ब सरकारी कोषमा लैजाने निर्णय गैर संवैधानिक, संविधानको धारा २५ पढौं

काठमाडौं । सरकारले १० वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय बैंक तथा वित्तीय संस्थाका खातामा रहेको एक खर्ब भन्दा बढि रकम राज्यकोषमा ल्याउने भन्दै निर्णय गरेको छ । नयाँ सरकार बनेपछिको पहिलो निर्णयबाट १०० शासकीय सुधार सम्बन्धी निर्णयको ७८...


लाभांश पारित गर्न प्रभु इन्स्योरेन्सले बोलायो साधारणसभा, बूक क्लोज कहिले?

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको चैत १७ गते अपरान्ह ५ः१५ बजे बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख ९ गते बुधबार काठमाडौंको तिनकुनेस्थित प्रभु इन्स्योरेन्स लिमिटेड, “प्रभु कम्प्लेक्स” मा बिहान ११ बजे तीसौं वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले सञ्चालक...


५२ बीमा अभिकर्ताहरु प्राधिकरणको कारवाहीमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ५२ जना जीवन बीमा अभिकर्ताको परिक्षा रद्व गरेको छ । प्राधिकरणका अनुसार अभिकर्ता परिक्षामा सहभागी परिक्षार्थीहरुले आइआरएमआईएस प्रणालीमा प्रविष्ट गरिएको फोटोमा भएको व्यक्ति परिक्षामा सहभागी भई परिक्षामा दिँदै गरेको भेटिएको र सो सम्बन्धी परिक्षार्थीलाई...


यसरी लुटे नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका शाखा प्रबन्धकले नै १ करोड ६५ लाख

काठमाडौँ । बैंकलाई ग्राहकले आफ्नो निक्षेप सुरक्षा गर्न प्रमुख संस्थाको रुपमा लिन्छन् । आफ्नो मेहनतको रकम आफ्नो बैंक खातामा राख्छन् । आवश्यक पर्दा झिक्छन्, प्रयोग गर्छन् अनि केही ब्याज समेत प्राप्त गर्छन् । तर, जब कुनै ग्राहकले आफ्नो खातामा...


एनआईसी एसिया बैंकभित्रको झगडाको मारमा सर्वसाधारणः वित्तीय अवस्था खराब, ४४ शाखा बन्द

काठमाडौं । एनआईसी एसिया बैंकभित्रका सञ्चालक मालिकहरुले भ्रष्टाचार गरेको रकम बाँडफाँडमा ठूलो झगडा पर्यो । उक्त झगडा एकले अर्कोलाई सिध्याउनेसम्मको अवस्थामा पुग्यो । परिणाम अहिले बैंकको खराव कर्जा मापदण्ड भन्दा उच्च ७.४७ प्रतिशतमा पुगेको छ भने बैंकले आगामी बैशाख...


अटेरी विदेशी पुनर्बीमा दलालको कारण निर्देशिका नै संसोधन

काठमाडौं । विदेशी पुनर्बीमा दलालको शाखा कार्यालय स्थापना गर्न अटेर गरेपछि नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका, २०८० संसोधन गरेको छ ।२०८२ साल साउनमा प्रथम निर्देशिका संसोधन गर्दै पुस मसान्तसम्म शाखा कार्यालय खोल्न निर्देशिन दिएको एक बर्षभन्दा बढी समय...


डेपुटी गभर्नरको नियुक्ती मापदण्ड बनाएर गर्ने कि गोजीको चिर्कटोबाट ?

काठमाडौं । फागुन २५ गतेदेखि नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पद रिक्त छ । दुई वटा डेपुटी गभर्नर नयाँ सरकारले छिट्टै नियुक्ती गर्नुपर्नेछ । आजै मात्र नेपाल सरकार मन्त्रिपरिषदको बैठक बस्दैछ, सम्भवतः आजै डेपुटी गभर्नर नियुक्ती सम्बन्धमा निर्णय पनि...


बढ्दै बैंक तथा वित्तीय संस्थाको खर्चः ८ महिनामा तलब र कार्यालय सञ्चालनमा ६४ अर्ब ४३ करोड खर्चिए

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।०८३ को माघ मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरूले ६४ अर्ब ४३ करोड ७० लाख रुपैयाँ खर्च गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा बैंक तथा वित्तीय...