जेनजी युवाहरूको आक्रोश: एमाले र कांग्रेस कार्यालयमा तोडफोड र आगजनी
काठमाडौँ । सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि जेनजी युवाहरूको समूह मंगलबार देशभर राजनीतिक दलका कार्यालय र नेताहरूको निवासलाई निशाना बनाउँदै आक्रमक बनेको छ। आज बिहान नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा प्रदर्शनकारीले तोडफोड गरेका छन्। उनीहरूले कार्यालयका भित्तामा लेखिएका...
कलङ्कीमा चल्यो गोली, चार जना घाइते
काठमाडौँ । राजधानीको कलङ्की क्षेत्रमा आज जेन जी आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा चार जना घाइते भएका छन्। स्थानीय स्रोतका अनुसार, आन्दोलनकारी सडकमा उत्रिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली प्रहार गरेको हो। घाइतेहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ।...
महारागञ्जस्थित प्रहरी चौकीमा आक्रामण भएपछि चार राउड गोलि चल्यो
काठमाडौँ । राजधानीको महारागञ्जस्थित प्रहरी चौकीमा प्रदर्शनकारीले आक्रमण गरेपछि गोलि चलेखेको छ । विरोध प्रदर्शनमा जेन जीहरूले चौकीमा आक्रमण गरेपछि प्रहरीले चार राउन्ड गोली प्रहार गरेको हो । जेन जी आन्दोलन चर्किँदै गएपछि प्रदर्शनकारीहरूले चौकीमा तोडफोड गर्ने प्रयास गरेका...
खानेपानीमन्त्री प्रदीप यादवद्धारा राजीनामा
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले आज आफ्नो मन्त्री पदबाट राजीनामा दिएका छन्। जेन–जीहरूको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएको घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिएको उनको स्वकीय सचिवालयले जनाएको छ । हिजो जेन–जी...
महारागञ्ज स्थित प्रहरी चौकीमा आक्रामण
काठमाडौँ । राजधानीको महारागञ्जस्थित प्रहरी चौकीमा आक्रामण भएको छ। विरोध प्रदर्शनमा सहभागी प्रहरी चौकीमाथि आक्रामण गरेका हुन् । जेन जी आन्दोलन चर्किँदै गएपछि प्रदर्शनकारीहरूले चौकीमा तोडफोड गर्ने प्रयास गरेका थिए। प्रहरीले तत्काल परिस्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको छ।...
आन्दोलन चर्किएपछि आत्तिए ओलि, बोलाए सर्वदलीय बैठक
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे सर्वदलीय बैठक बोलाएका छन्। बैठकमा देशभर फैलिएको जेन जी आन्दोलन र हालको राजनीतिक परिस्थितिबारे छलफल हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्रीले विभिन्न दलका नेताहरूलाई उपस्थित हुन आह्वान गरेका छन्। यसअघि...
प्रधानमन्त्रीको निर्देशनपछि जेन जी आन्दोलनको दोस्रो दिन समेत चल्यो गोली
काठमाडौँ । भक्तपुरको बालकोट क्षेत्रमा जेन जी आन्दोलनको दोस्रो दिन पनि गोली चलेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सुरक्षा निकायले प्रदर्शनकारीलाई नियन्त्रण गर्ने क्रममा गोली प्रहार गरेको बताइएको छ। घटना अनुसार, प्रदर्शनकारी प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासतर्फ अघि बढिरहेका...
कांग्रेस सभापति देउवाको निवासमा ‘जेन-जी’ को आगजनी
काठमाडौँ । जेन जी आन्दोलन चर्किँदै जाँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अन्य कांग्रेस नेताहरूका घरमा प्रदर्शनकारीले आगजनी गरेका छन्। आज बिहानै भीड मुख्य गेट फुटाएर देउवाको निवासमा प्रवेश गरेको र घरभित्र आगो लगाएको स्थानीयहरूले जनाएका छन्। आगोका...
हत्याको विरोधमा राष्ट्रपति कार्यालय घेराउ गर्ने अघि बढ्दै युवाहरु
काठमाडौँ । सोमबार १९ जनाको ज्यान जानेगरी भएको सरकारी दमनको विरोधमा देशभर चर्किएको जेन जी आन्दोलन आज राष्ट्रपति कार्यालयतर्फ मोडिएको छ। हजारौं युवा नाराबाजी गर्दै राष्ट्रपति भवन घेराउन अघि बढिरहेका छन्। प्रदर्शनकारीहरूले सरकारी दमन, भ्रष्टाचार अन्त्य र जिम्मेवार नेतृत्वको...
रमेश लेखकको घरमा प्रदर्शनकारीको तोडफोड र आगजनी
काठमाडौँ । निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन्। हिजोमात्रै पदबाट राजीनामा दिएका लेखकको नैकापस्थित निवासमा आज आक्रोशित प्रदर्शनकारी पुगेका हुन्। प्रदर्शनकारीहरूले घरभित्र प्रवेश गरेर सम्पत्ति तोडफोड गरेका र आगो लगाएको स्थानीयहरूले जनाएका छन्। अहिले...
शेरबहादुर देउवा घर ‘जेन जी’ को कब्जामा, गरियो तोडफोड
काठमाडौँ । जेन जी आन्दोलन चर्किँदै जाँदा नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा प्रदर्शनकारीले तोडफोड गरेका छन्। काठमाडौंस्थित उनको घरमा पुगेको भीडले मुख्य गेट फुटाएर भित्र प्रवेश गरी सम्पत्ति तोडफोड गरेको प्रहरीले जनाएको छ। ठूलो संख्यामा रहेका...
बानेश्वरमा प्रहरीले हान्यो अश्रुग्यास
काठमाडौँ । संसद् भवन अगाडि जेन जी समूहको विरोध प्रदर्शन चर्किएपछि प्रहरीले बानेश्वर क्षेत्रमा अश्रुग्यास प्रहार गरेको छ। सोमबारको आन्दोलनका क्रममा १९ जना युवाको ज्यान गएपछि आज बिहानैदेखि राजधानीका विभिन्न स्थानबाट हजारौं युवाहरू बानेश्वरमा भेला भएका थिए। प्रहरीले आठ...
हत्याको विरोधमा बागबजारमा जेन जी आन्दोलन, सरकारविरुद्ध नाराबाजी
काठमाडौँ । राजधानीको बागबजार क्षेत्रमा मंगलबार जेन जी समूहले प्रदर्शन गर्दै आन्दोलन चर्काएका छन्। सोमबारको प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएपछि राजधानीमै आक्रोशित युवाहरू सडकमा उत्रिएका हुन्। बागबजारमा भेला भएका आन्दोलनकारीहरूले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै भ्रष्टाचार अन्त्य र सरकारको...
सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयमा जेन जी प्रवेश, मुख्यमन्त्रीको गाडीमा तोडफोड
काठमाडौँ ।। सोमबार १९ जनाको ज्यान जानेगरी भएको सरकारी दमनपछि देशभर चर्किएको आन्दोलन मंगलबार सुदूरपश्चिम प्रदेशको राजधानी दिपायलस्थित मुख्यमन्त्री कार्यालयसम्म पुगेको छ। जेन जी आन्दोलनकारीहरूले मंगलबार दिउँसो कार्यालय परिसरमा प्रवेश गरी मुख्यमन्त्री कमलबहादुर शाहको सरकारी गाडीमा तोडफोड गरेका छन्।...
विराटनगरमा कर्फ्यु आदेश
काठमाडौँ। सोमबार देशभर युवामाथि भएको सरकारी दमनको विरोधमा मंगलबार बिहानैदेखि विभिन्न ठाउँमा प्रदर्शन चर्किएपछि विराटनगरमा कर्फ्यु आदेश जारी गरिएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मंगलबार बिहान ११ बजेदेखि राति १० बजेसम्म कर्फ्यु लागू हुने गरी आदेश जारी...
सिडिएस एण्ड क्लियरिङ्गका सम्पूर्ण सेवाहरु बन्द रहने
काठमाडौँ । आज सिडिएस एण्ड क्लियरिङ्गले पनि आफ्ना सेवाहरु बन्द गरेको छ। कर्फ्युका कारण शेयर बजार बन्द भएपछि सिडिएस समेत बन्द हुने भएको हा । सिडिएसले एक सूचना गरी गर्दै आफ्ना सम्पूर्ण सेवाहरु स्थगन गरिएको जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा जेन-जी आगो, ९ वटै जिल्लाबाट चर्कियो आन्दोलन
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा जेन जी समूहको आन्दोलन उग्र बन्दै गएको छ। धनगढी, महेन्द्रनगर, दिपायल, डडेल्धुरालगायतका मुख्य शहरहरूमा आज बिहानैदेखि प्रदर्शन चर्किएको हो। प्रदर्शनकारीले सडकमा टायर बाल्दै सरकारविरुद्ध नाराबाजी गरेका छन्। सरकारी कार्यालय र नगरपालिका क्षेत्र नजिकै पनि तीव्र...
प्रधानमन्त्री ओलीको बालकोटस्थित निवास आन्दोलनकारीद्वारा घेराउ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित नेपाल आन्दोलनकारीहरुले घेराउ गर्न पुगेका छन् । बालकोटस्थित प्रधानमन्त्री ओलीको निजि घरमा आन्दोलनकारीहरुले घेराउन गर्न पुगेका हुन् । हिजो शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका निहत्था युवाहरुमाथि प्रधानमन्त्री ओली नेतृत्वको सरकारले बर्बर दमन गर्दै दुई...
सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।...
माओवादी अध्यक्ष प्रचण्डको घरमा तोडफोड, आगजनीको प्रयास
काठमाडौं । जेनजी प्रदर्शनकारी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा तोडफोड गरेका छन् । सरकार शत्तामा रहेर लामो समयदेखि भ्रष्टाचार गर्र्दै देशलाई खुकुलो बनाएका नेताहरुको घर–घरमा आन्दोलनकारीहरुले आन्दोदन गर्दै आएका छन् । प्रदर्शनकारीहरुले प्रचण्ड निवास नजिक रहेको...



















