इटहरीमा जेनजी आन्दोलनः प्रहरीको गोली लागेर दुई जना शहिद
काठमाडौँ । जेनजी आन्दोलनको क्रममा सोमबार सुनसरीको इटहरीमा प्रहरीले गोली प्रहार गर्दा दुई जनाको ज्यान गएको छ । प्रहरीको गोली लागेर घाइते भएका ६ जनामध्ये दुई जनाले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा ज्यान गुमाएका हुन् ।...
प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग दुःखद : मानवअधिकार आयोगको सरकारलाई चेतावनी
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले सरकारले प्रदर्शनकारीमाथि गरेको बल प्रयोगलाई अस्वीकार्य ठहर गर्दै सरकारको ध्यानाकर्षण गराएको छ। आयोगले प्रदर्शन सुरु हुनु अघि नै आवश्यक सुरक्षा तयारी मिलाउनुपर्नेमा जोड दिँदै अनावश्यक बल प्रयोग नगर्न र युवापुस्ताले उठाएका मुद्दाहरूलाई समयमै सम्बोधन...
इटहरीमा जेनजी आन्दोलितः उपमहानगरपालिकाको कार्यालयमा आगजनी
काठमाडौँ । सुनसरीको इटहरीमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध आन्दोलित युवाहरुले सोमबार दिउँसो उपमहानगरपालिकाको कार्यालयमा तोडफोड र आगजनी गरेका छन्। दिउँसो पालिका परिसरमै प्रवेश गरेका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाइफायरसमेत गरेको थियो। तर स्थिति नियन्त्रणमा आउनुको सट्टा थप तनावग्रस्त बनेपछि...
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई काम गर्न दिन सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पुनः शरद ओझालाई नै अध्यक्षको हैसियतमा काम गर्न दिन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । यही भदौं २२ गते ओझाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अध्यक्ष ओझामाथि गठित छानविन समिति र...
प्रहरीको गोली लागेर १९४ जना ‘जेन-जी’ घाइते
काठमाडौँ । भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रता खोस्ने सरकारी कदमविरुद्ध उत्रिएका जेनजीहरुले चलाएको आन्दोलनलाई दमन गर्ने क्रममा प्रहरीले गोली प्रहार गर्दा १९४ जना भन्दा बढी घाइते भएका छन् । सो क्रममा १४ जनाले ज्यान गुमाएका छन् । विभिन्न अस्पतालमा उपचाररतमध्ये...
‘जेन-जी’को आन्दोलनमा १४ जना शहिद बने, कुन अस्पतालमा कति ?
काठमाडौँ । भ्रष्टाचार र अभिब्यक्ति स्वतन्त्रता खोस्ने सरकारको उत्रिएका जेन जी हरूमध्ये थप एकजनाको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । यससँगै उपत्यकामा मृतकको संख्या १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको हो । मन्त्रालयका अनुसार दिउँसो...
१३ जना जेनजी बने शहिद
काठमाडौं । देशको राजधानी काठमाडौंको नयाँ बानेश्वरमा भएको आन्दोलनमा उपत्यकाका विभिन्न अस्पतालमा हालसम्म १३ जना जेनजी युवाहरुको मृत्यु भएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । दिउँसो...
महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्र, रेष्टुरेन्ट लगायतका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने...
जेनजी आन्दोलनमा २० जनाबढीको मृत्यु भएको आन्दोलनकारीको दावी, ट्रमा सेन्टरमै ४ जना मृत्यु
काठमाडौं । देशको राजधानी काठमाडौंको नयाँ बानेश्वरमा भएको जेन जी पुस्ताको आन्दोलनमा परेर कम्तिमा २० जना बढीको मृत्यु आन्दोलनकारीले दावी गरेका छन् । सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा जेन जी पुस्ताहरुले आन्दोलन सुरु गरेका हुन् ।...
जेनजी पुस्तामाथि राज्यको निर्मम दमन, बानेश्वरमा युवाको लाश ढल्यो कि शासन व्यवस्था ?
काठमाडौं । भ्रष्टाचार, कुशासन र बेथीतिमा डुबेको राज्यसत्ताका विरुद्धमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा पुस्तामाथि सरकारले आतातायी शैलीको निर्मम दमन गर्दै दर्जन बढि युवाहरुको हत्या गरेको छ । नयाँ बानेश्वरमा प्रहरी सुरक्षाकर्मीले गोली हानेर युवाहरुको हत्या गर्ने क्रम रोकिएको छैन...
प्रहरीको दमन थप बढ्दै, सिभिल अस्पतालको इमर्जेन्सीमै पुग्नेगरी अश्रुग्याँस प्रहार
काठमाडौँ । सिभिल अस्पतालको इमर्जेन्सीमा पुगेको अवस्थामा पनि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। केहीबेरअघि प्रहरीले लगातार अश्रुग्याँस प्रहार गरेको थियो। यसका कारण अस्पताल वरिपरि तनावपूर्ण अवस्था सिर्जना भएको छ र त्यहाँको भिड तितरवितर भएको छ। नयाँ बानेश्वर क्षेत्रमा जेनजीहरूले...
नेपाल पुनर्बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार भारी अंकले घटेको छ । आज नेप्से परिसूचक ३३.१५ अंकले घटेर २६७५ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ३२० वटा कम्पनीहरुको पाँच अर्ब २३...
राताम्य पुँजी बजारः चलखेलको भुमरीमा लगानीकर्ता, लगानी बन्दै बालुवामा पानी!
काठमाडौँ । शेयर बजार आज पनि लगातार ओरालो यात्रा जारी रहँदा लगानीकर्ताले करोडौं रकम गुमाएका छन्। बजारमा निरन्तर गिरावटले नकारात्मक वातावरण सिर्जना गरेको छ। दशैं नजिकिँदै गर्दा आवश्यक खर्चका लागि नगद प्रवाह जुटाउने उद्देश्यले लगानीकर्ता बेचबिखनमा सक्रिय बनेका कारण...
राष्ट्रिय ट्रमा सेन्टरमै चार जनाको मृत्यु
काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै चार जना प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । जेनजी प्रदर्शनका क्रममा यसअघि सिभिल अस्पतालमा एक जनाको मृत्यु भएको...
जेन-जी आन्दोलन थप चर्किन थालेपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ६ बजेका लागि आफ्नै सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज राजधानीसहित देशभरि सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेनजी समूहको विरोध प्रदर्शन भएको थियो। काठमाडौँको नयाँ बानेश्वरमा प्रदर्शनका क्रममा...
सुरक्षाकर्मीले बल प्रयोग गरेपछि उग्र बने जेन-जी, एम्बुलेन्समा आगजनी
काठमाडौँ । जेन जी युवाहरूको प्रदर्शनका क्रममा बानेश्वरमा एक सवारी साधनमा आगजनी भएको छ । सुरक्षाकर्मीले प्रदर्शनमा बल प्रयोग गरेपछि आक्रोशित जेन जी युवाहरूले एम्बुलेन्समा आगजनी गरेका हुन् । आज दिउँसो १२:३० बजेदेखि कर्फ्यू लागू भए पनि प्रदर्शनकारीले त्यसको...
चारै तिरबाट संसद भवन भत्काउँदै जेन-जी
काठमाडौं । भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहभागी जेनजीहरूले संसद् भवनको पर्खाल भत्काएका छन्। प्रदर्शनकारीहरूले रेलिङको फलाम निकालेर पर्खालमा भ्वाङ पारेका छन्। आज दिउँसो १२:३० बजेदेखि कर्फ्यू लागू भए पनि प्रदर्शनकारीले त्यसको अवज्ञा गरेका छन्। घटनास्थलमा स्थिति नियन्त्रण गर्न सेना सडकमा खटाइएको...
बानेश्वरमा थप २० वर्षीय एक युवाको मृत्यु
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर गोली लागेर घाइते भएका थप एक जना युवाको मृत्यु भएको छ । जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका २० वर्षीय युवाको पनि मृत्यु भएको हो ।
प्रहरीको गोली लागेर एक जनाको मृत्यु, ७०–८० जना घाइते
काठमाडौँ । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइतेको उपचाररत छन् ।
नयाँ बानेश्वरमा प्रहरी निरन्तर चलायो गोली, ७ जना जेन-जी घाइते
काठमाडौँ । जेन जी आन्दोलनका क्रममा बानेश्वरमा प्रहरीले दर्जनभन्दा बढी गोली चलाएकाृे छ । नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर ७ जना घाइते भएका हुन् । बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा रबरको गोली लागेर फोटो पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की...

















