ओलिको गृह जिल्ला झापामा जेन-जी आन्दोलन चर्कियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलिको गृह जिल्ला झापाको बिर्तामोडमा जेन-जी समूहको आन्दोलन आज बिहानैदेखि चर्किएको छ । हिजो भएको सुरक्षा निकायको कारबाहीमा १९ जना आन्दोलनकारीको मृत्यु भएपछि आज बिहानैदेखि आन्दोलनकारीहरू आक्रोशित बनेका छन् । प्रशासनले लगाएको कर्फ्यु सकिएलगत्तै...
देउवा निवासतर्फ लागे जेन-जी, प्रहरीले बीचमै रोक्यो
काठमाडौं । जेनजी आन्दोलन दोस्रो दिन झन् उग्र बनेको छ । उपत्यकामा प्रदर्शनकारीको भिड निरन्तर बढ्दै जाँदा अवस्था नियन्त्रणबाहिर जान थालेको देखिएको छ । प्रदर्शनकारीहरूको एक ठूलो समुह आज कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासतर्फ अघि बढेको...
आज नेपाल स्टक एक्सचेञ्ज बन्द गर्ने निर्णय, शेयर कारोबार नहुने
काठमाडौँ । नेपाली शेयरबजार बन्द रहने भएको छ। काठमाडौँमा कर्फ्यु आदेश भएसँगै आज नेप्से बन्द हुने भएको हो । नेपाल सरकार, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौंले २०८२ भदौ २४ गते बिहान ८ः३० बजेदेखि लागू हुने गरी काठमाडौं जिल्लाको...
आजै साँझसम्म केपी ओली नेतृत्वको सरकार ढल्दै, मन्त्रीहरुले धमाधम दिन थाले राजिनामा
काठमाडौं । राजधानीमै नरसंहारमा मच्चाएको केपी ओली नेतृत्वको सरकार आजै साँझसम्म ढल्ने भएको छ । ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरुले धमाधम राजिनामा दिन थालेपछि ओली नेतृत्वको वर्तमान सरकारको आजै अन्तिम दिन हुने भएको छ । केहीबेर अघि कृषि मन्त्री...
आन्दोलनकारीले जलाए सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको घर, थप नेताहरु असुरक्षित
काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् । सरकारले सोमबार गरेको जेनजीहरुको हत्याको विरोधमा मन्त्री गुरुङको निवासमा प्रदर्शनकारीहरुले आगो लगाएका हुन् । प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेका थिए । प्रहरीको...
कलंकीदेखि बल्खुसम्म टायर बालेर जेनजीहरुको प्रदर्शन
काठमाडौं । कर्फ्युको आंशिक प्रभावबीच आज पनि जेनजीले राजधानीका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । कलंकीदेखि बल्खुसम्मका तीन ठाउँमा टायर बालेर प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले प्रेसलाई समेत रोकेर आफ्नो परिचयपत्र देखाउन आग्रह गरेका छन् । उनीहरूले आफ्ना पीडा...
कांग्रेसका थप केही मन्त्रीले राजिनामा दिने, जनहत्याको आरोप लागेका ओली एक्लिदै
काठमाडौं । सत्ताको लागि निहत्था जनताको हत्या गर्दै अघि बढेको प्रधानमन्त्री ओली थप अप्ठेरोमा पर्ने भएका छन् । नेपाली कांग्रेसका शेखर कोइराला निकटका मन्त्रीहरुले राजिनामा दिने भएसँगै प्रधानमन्त्री ओली अप्ठेरोमा परेका हुन् । कांग्रेस स्रोतका अनुसार कोइराला समुहबाट सरकारमा...
संसद भवनबाट केही जेनजी पक्राउ, लठठी चार्जबाट लखेटिए प्रदर्शनकारी
काठमाडौं । हत्याको विरोधमा प्रदर्शनमा उत्रिएका केही जेनजीहरुलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार सरकारले निर्मम तरिकाले १९ जना जेनजीहरुको हत्या गरेको थियो । आज काठमाडौंको कलंकीबाट सुरु भएको जेनजी प्रदर्शनले संसद भवन घेरी सकेको अवस्था छ । प्रहरीले...
झापा इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । झापा इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत भदौ २० गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । कम्पनीले आम सर्वसाधारणका लागि ४ करोड ७३ लाख ३३ हजार रुपैयाँबराबरको १...
बिहानैदेखि संसद भवन क्षेत्र जेनजीहरुले भरिदै, हत्याको बिरोधमा उग्र बन्दै प्रदर्शन
काठमाडौं । सरकारले गरेको निर्मम हत्याको विरुद्धमा संसद भव अगाडि बिहानैदेखि हजारौं युवाहरुको भेला भइसकेका छन् । शक्ति र सत्ताको आडमा सोमबार जेनजीले गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली प्रहार गरेर १९ जनाको हत्या गरेको विरोधमा युवाहरु भेला भइरहेका छन्...
काठमाडौंका विभिन्न स्थानमा अनिश्चितकालीन कर्फ्यु
काठमाडौं । काठमाडौंमा बिहान ८ः३० बजेबाट अनिश्चितकालीन कर्फ्यु लागेको छ । अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन बमोजिम काठमाडौं महानगरपालिकाभित्रका विभिन्न क्षेत्रमा लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो। सो सिमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि...
जनहत्या विरुद्ध कलंकीबाट प्रदर्शन सुरु, देशव्यापी रुपमा अघि बढ्दै जेनजी आन्दोलन
काठमाडौं । सरकारले शक्ति र सत्ताको बलमा नेपाली जेनजी युवाहरुको हत्याको विरुद्ध कलंकीबाट टायर बालेर विरोध सुरु भैसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सोमबार दिउँसो नयाँ बानेश्वरमा प्रदर्शन गरीरहेका १९ जना जेनजी युवाहरुको निर्मम हत्या गरेको...
आरबिबि फोकस ४० को इकाई खरिदका लागि आजसम्म आवेदन दिन सकिने
काठमाडौं । आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गत भदौ १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आरबिबि फोकस ४० को इकाई खरिदका लागि आवेदन दिने आज (भदौ २४ गते) अन्तिम दिन रहेको छ। आरबिबि मर्चेन्ट बैंकिङ्गले प्रतिइकाई १० रुपैयाँ अंकित...
जेनजीको पक्षमा क्यानाडामा नेपालीहरुले गरे शोक सभा, विश्वभर प्रदर्शनको तयारी
काठमाडौं । सरकारले निशस्त्र युवा पुस्तामाथि गरेको क्रूर बर्बर दमनको विरुद्धमा तथा जेनजी पुस्ताले अघि बढाएको आन्दोलनको पक्षमा क्यानामा रहेका नेपालीहरुले शोक सभा आयोजना गरेका छन् । केहीबेर अघि एनआरएनए क्यानाडाको आयोजनामा शोक सभा सम्पन्न गरिएको हो । शोकसभामा...
प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले मच्चाएको हत्याकाण्डबारे अमेरिका, बेलायत अष्ट्रेलिया, जापान, फिनल्याण्ड र कोरियाको बक्तव्य
काठमाडौं । निशस्त्र युवाहरुले गरेको शान्तिपूर्ण विरोध प्रदर्शनको क्रममा १९ जनाको हत्या गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक गम्भिर मावन अधिकार उल्लंघनमा छानविनमा पर्न सक्ने भएका छन् । यसैबीच, सरकारले नागरिकको मच्चाएको रक्तपातपूर्ण दमनको विरोधमा विश्वका धेरै...
सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुला गर्ने
सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए । मन्त्रिपरिषद्ले निर्णय गरेसँगै सामाजिक सञ्जालहरू सञ्चालनमा आइसकेको उनले बताए ।...
भ्रष्टाचारमा डुबेका शासकहरु युवाको रगतले होस गुमाउँदै, कतै देशै छोडेर भाग्ने अवस्था त आउदैन ?
समाचार टिप्पणी चरम भ्रष्टाचार, बेथीतिले चुर्लुम्म डुबेको दुई तिहाईको दम्भ देखाउने कांग्रेस एमालेको गठबन्धन सत्ता होस गुमाउँदै अघि बढिरहेको छ । जेनजी पुस्ताले गरेको विरोध प्रदर्शनलाई उत्तेजित बनाएर १९ जनाको कत्लेआम हत्या गरेपछि वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रका ठेकेदारहरुले होस...
जेनजीहरूको प्रदर्शनमा १९ जनाको मृत्यु, ३ सय १९ जनाको घाइते
काठमाडौं । जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् ।...
सरकारले छानबिन समिति बनाउने
काठमाडौं । जेनजीहरूले सोमबार गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि घटेको घटनाबारे सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार, समितिले १५ दिनभित्र...
ओली देउवा नेतृत्वको सत्ताले मच्चाएको नरसंहारविरुद्ध बोल्यो राष्ट्र संघ
काठमाडौं । राजधानीमा दिन दहाडै डेढ दर्जन भन्दा बढि युवाको कत्लेआम हत्या गर्ने वर्तमान एमाले कांग्रेस गठबन्धनको सत्ताका विरुद्धमा संयुक्त राष्ट्र संघले मुख खोल्दै लोकतन्त्रमा स्वतन्त्रतापूर्वक विरोध गर्ने पाउने अधिकार हुँदा हुँदै नागरिकको हत्या तथा घाइते बनाएको घटनाको गम्भिर...


















