वन र वातावरणीय कानुन नफेरिए ऊर्जा विकास रोकिन्छ, विकास सहजीकरण ऐन ल्याउन विज्ञहरुको जोड
काठमाडौं । विज्ञहरुले वन तथा वातावरण सम्बन्धी कानुनहरुलाई संशोधन गरेर सहजीकरण नगरेसम्म विकास आयोजनाहरुमा गति नलिने बताएका छन् । उनीहरुले ऊर्जा क्षेत्रको विकासका लागि विकास सहजीकरण ऐनको आवश्यकता औँल्याएका छन् । स्वतन्त्र ऊर्जा ऊत्पादकहरुको संस्था, नेपाल (इप्पान)को २६ औं...
श्री महेन्द्र शक्ति माविका पूर्व विद्यार्थीद्वारा भाइबहिनीलाई न्यानो कपडा वितरण
काठमाडौं । गोरखा सहिद लखन गाउँपालिका–१, बक्राङ, गोरखा स्थित श्री महेन्द्र शक्ति माध्यमिक विद्यालयको ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस एक विशेष समारोहकाबीच भव्यताका साथ सम्पन्न भएको छ। सोही अवसरमा विद्यालयका पूर्व विद्यार्थीहरूको सक्रियतामा वर्तमान विद्यार्थीहरूलाई न्यानो कपडा वितरण...
भोलि देशभर सार्वजनिक बिदा
काठमाडौँ । भोलि अर्थात् माघ ५ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । सोनाम ल्होछारको अवसरमा सोमबार बिदा हुन लागेको हो । सोनाम ल्होछार हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मो तथा अन्य मुख्य जातिहरू को साझा साँस्कृतिक पर्व...
कांग्रेसको आधिकारिकतामा विवाद: देउवा समूहको सर्वोच्च अदालतमा रिट
काठमाडौँ ।नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ। गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूहले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको हो। देउवा पक्षका तर्फबाट नेता पूर्णबहादुर खड्काको नेतृत्वमा रिट निवेदन लिएर...
तीन पटक डोटेलीको जनादेश पाएका आले निस्किए अवसरवादी, प्रदेश राजधानीको मुद्दा छोडेर भागे कैलाली!
काठमाडौँ । डोटेली जनताले तीन–तीन पटक प्रतिनिधि सभामा पठाएका नेता प्रेम आले मगर आसन्न प्रतिनिधि सभा निर्वाचनमा भने कैलालीबाट उम्मेदवारी दिने निश्चित भएपछि डोटीको राजनीतिमा व्यापक चर्चा सुरु भएको छ । पटक–पटक डोटीको जनादेश पाएका आले यसपटक डोटी छाडेर...
फेस अफ एसवाई प्रतियोगिता सम्पन्न, विजेता बनिन् मलैसा आचार्य
काठमाडौं । एसवाई इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा सम्पन्न ‘फेस अफ एसवाई–२०८२ (ब्राण्ड एम्बेसडर हन्ट)’ प्रतियोगिताको मलैसा आचार्य विजेता बनेकी छिन् । राजधानीमा आयोजना भई शुक्रबार सम्पन्न फाइनल कार्यक्रममा विभिन्न चरण पार गर्दै उत्कृष्ट प्रस्तुति दिएकी आचार्य प्रतियोगिताको विजेता भएकी हुन्...
बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार ८०० रुपैयाँ पुगेको हो । यता, चाँदीको मूल्य पनि...
शिखर इन्स्योरेन्स र जुम्लाका स्याउ कृषकबीच सहमति, प्रतिबिरुवा ३५० देखि ४०० रुपैयाँसम्म दिइने
काठमाडौं । जुम्लाका स्याउ कृषक र शिखर इन्स्योरेन्स कम्पनीबीच लामो समयदेखि देखिएको बीमा विवाद समाधान भएको छ। त्रिपक्षीय छलफलपछि तातोपानी, पातारासी र कनकासुन्दरी गाउँपालिकाका कृषकले स्याउ बीमाबापतको रकम प्राप्त गर्ने सहमति भएको हो। बीमा क्षति मूल्यांकनप्रति असन्तुष्टि जनाउँदै किसानले...
गगनले नेतृत्व गरेको कांग्रेसलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय
काठमाडौं। निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगले शुक्रबार उनलाई सभापतिको मान्यता दिएको हो ।
८ अर्ब ३६ करोडको विमानस्थल काण्डः थुनछेकविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतले दिएको थुनछेक आदेशविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ। आयोगले विशेष अदालतको आदेश कानुनसम्मत नभएको दाबी गर्दै प्रतिवादीहरूलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित...
कांग्रेस आधिकारिकतामा टकराव, निर्वाचन आयोग बाहिर देउवा–थापा समर्थक आमनेसामने
काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादलाई लिएर निर्वाचन आयोग परिसर बाहिर तनावपूर्ण अवस्था सिर्जना भएको छ। पार्टीभित्रको नेतृत्व विवाद चुलिँदै जाँदा दुवै पक्षका नेता तथा कार्यकर्ताले आयोगको मुख्य गेटअगाडि प्रदर्शन थालेका छन्। गगनकुमार थापा नेतृत्वको समूह र सभापति शेरबहादुर...
४ लाख डाउन पेमेन्टमा डायुन ईभी
काठमाडौं । नेपालमा डायुन इभिको आधिकारिक वितरक सि.जी मोटर्सले डायुन इभि कारमा सीमित अवधिका लागि विशेष अफर सार्वजनिक गरेको छ। अब यो विद्युतीय सवारी साधन मात्र ३.९९ लाख रुपैयाँ डाउन पेमेन्टमा उपलब्ध हुने भएको छ, जसले नेपाली उपभोक्ताका लागि...
कांग्रेस कार्यकर्ताले निर्वाचन आयोगमा दिए धर्ना
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले शुक्रबार (माघ २) निर्वाचन आयोगमा धर्ना दिएका छन्। विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाको नेतृत्वलाई आधिकारिकता दिन माग गर्दै उनीहरूले आयोगमा ध्यानाकर्षण गराएका हुन्। शुक्रबार दिउँसो कांग्रेसका नेताहरू आयोग अगाडि पलेँटी कसेर...
६ महिनामै ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता, प्रविधि र कृषिमूलक उद्योगमा बढी आकर्षण
काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो महीनाहरुमा नेपालमा वैदेशिक लगानी प्रतिवद्धतामा उल्लेखनीय वृद्धि भएको छ। उद्योग विभागको तथ्यांकअनुसार साउनदेखि पुस मसान्तसम्म ४७५ वटा उद्योगमा ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता भएको छ। यो...
भौतिक पूर्वाधार पुनर्निर्माणमा नागरिक लगानी कोषको साथ, अर्थमन्त्रीलाई ५१ लाखको चेक हस्तान्तरण
काठमाडौँ । भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले नागरिक लगानी कोषले आर्थिक सहयोग गरेको छ । कोषले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको...
रास्वपाका केन्द्रीय सदस्य परियार सहभागी टोलीको गाडी गोरखामा तोडफोड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य प्रकाशचन्द्र परियार सहभागी टोली सवार एक गाडी गोरखामा तोडफोड गरिएको छ। गोरखा जिल्लाको भिमसेन गाउँपालिका–३ मा पार्किङ गरी राखिएको अवस्थामा अज्ञात समूहले गाडीमा क्षति पुर्याएको हो। वडा सम्मेलनमा सहभागी हुन...
बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोलामा दुई लाख ७७ हजार २०० रुपैयाँ कायम भएको छ । यता, बिहीबार तोलामा...
पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो
काठमाडौं । इण्डियन आयल कर्पाेरेशनबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपाल आयल निगमले पनि सोही अनुसार माघ २ गते राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको छ। भारतबाट पेट्रोल प्रतिलिटर ३.१९ रुपैयाँ र डिजेल प्रतिलिटर १.३७ रुपैयाँले...
माघीको अवसरमा धनगढीमा टाटाको ईभी धमाका, सिप्रदीले ल्यायो तीनदिने एक्सचेन्ज उत्सव
काठमाडौं । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित गरी धनगढीमा तीनदिने ‘माघी एक्सचेन्ज उत्सव’ सुरु भएको छ । माघ १ देखि ३ गतेसम्म धनगढीस्थित जीएआरएस ट्रेडिङमा सञ्चालन हुनेछ । यस उत्सवमा टाटाका टियागो ईभी, कर्भ ईभी,...
३३ किलो सुन प्रकरणका फरार अभियुक्त सुरेन्द्र गौतम पक्राउ
काठमाडौं । ३३ किलो सुन प्रकरणमा फरार रहेका अभियुक्त सुरेन्द्र गौतमलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ घर भएका गौतमलाई काठमाडौंबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । गौतम सुन तस्कर चूडामणि उप्रेती उर्फ ‘गोरे’ समूहका सदस्य हुन्...




















