३३ किलो सुन प्रकरणका फरार अभियुक्त सुरेन्द्र गौतम पक्राउ
काठमाडौं । ३३ किलो सुन प्रकरणमा फरार रहेका अभियुक्त सुरेन्द्र गौतमलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ घर भएका गौतमलाई काठमाडौंबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । गौतम सुन तस्कर चूडामणि उप्रेती उर्फ ‘गोरे’ समूहका सदस्य हुन्...
आर्थिक गणनाका लागि ४ हजार ४३९ कर्मचारी माग, मासिक ३४ हजारभन्दा बढी तलब
काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘राष्ट्रिय आर्थिक गणना, २०८२’ सफलतापूर्वक सम्पन्न गर्नका लागि ठूलो संख्यामा करार कर्मचारी माग गरेको छ। कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै देशभर सञ्चालन हुने आर्थिक गणनाको स्थलगत तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षण कार्यका लागि कुल...
स्वीजरल्याण्डको कुटनीति र रसियाको रणनीतिले अमेरिका इरान युद्ध रोकिने अवस्थामा
काठमाडौं । युरोपेली मुलुक स्वीजरल्याण्डले चालेको सुझबुझपूर्ण कुटनीतिका कारण अरबमा उत्पन्न तनाव टर्ने सम्भावनातर्फ अघि बढेको छ । यति नै बेला रसियालले चालेको रणनीतिले पनि महत्वपूर्ण योगदान गरेको छ । इरानमा जारी प्रदर्शनमा त्यहाँका सरकारले गरेको दमनको बिषय र...
हालसम्मकै उच्च मूल्यबाट घट्यो सुन, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । हालसम्मकै उच्च मूल्यबाट सुन तोलामा एक हजार ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँ कायम...
पहिलो अर्धवार्षिकमै चुक्यो सरकार, राजस्व संकलन लक्ष्यभन्दा १ खर्ब २९ अर्बले पछाडि
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो अर्धवार्षिक अवधिमा सरकारको राजस्व संकलन अपेक्षाअनुसार हुन सकेको सकेको छैन । अर्थमन्त्रालय अन्तर्गतको राजस्व व्यवस्थापन महाशाखाका अनुसार चालु आवको पुस ३० गतेसम्म जम्मा ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ मात्र...
आज माघे संक्रान्ति पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा
काठमाडौं । आज देशभर माघे संक्रान्ति पर्व श्रद्धा, आस्था र उत्साहका साथ मनाइँदैछ। प्रत्येक वर्ष माघ महिनाको पहिलो दिन मनाइने यो पर्व सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनका रूपमा चिनिन्छ। माघे संक्रान्तिका अवसरमा स्नान, दान, पूजा तथा...
चारदिने ‘न्यू इयर बिग स्विच’ अभियान, टाटा गाडीमा नगद छुट र आकर्षक अफर
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि.ले अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ग्राहक लक्षित चारदिने विशेष ‘न्यू इयर बिग स्विच’ अभियान सार्वजनिक गरेको छ । माघ १ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने उक्त...
बलरा नगरपालिकामा तालिमकै नाममा भ्रष्टाचार, मेयरसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बलरा नगरपालिकाका नगर प्रमुख (मेयर) रामशंकर प्रसाद कुशवाहा सहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा नगरपालिकाले सञ्चालन गरेको ‘किशोरीहरूको लागि खेलौना बनाउने तालिम’ कार्यक्रममा फर्जी...
१३ प्रतिशत लाभांश पारित गर्दै नागरिक लगानी कोषको साधारण सभा सम्पन्न
काठमाडौं । नागरिक लगानी कोषको पुष ३० गते वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोषको केन्द्रीय कार्यालयमा ३१औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । सभाले ५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल...
अन्ततः कांग्रेस दुई टुक्रा, आजै राति गगन थापा सभापति बन्दै
काठमाडौं । अन्ततः नेपाली कांग्रेस दुई टुक्रामा विभाजित हुन पुगेको छ । यद्यपि बहुमत महाधिवेशन प्रतिनिधिसहित युवा नेताहरु गगन थापा र विश्व प्रकाश शर्माले आजै राति नयाँ नेतृत्व चयन गर्दैछन् । यसैबीच, भर्खरै सानेपामा सम्पन्न भएको नेपाली कांग्रेस केन्द्रीय...
देउवा पक्षद्वारा गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुला मनसुरलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ। बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो । बैठकले उनीहरूलाई पार्टी हितविपरीत काम...
भोलि देशभर सार्वजनिक बिदा
काठमाडौँ । भोलि अर्थात् माघ १ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । माघे संक्रान्ति, माघि पर्वको अवसरका बिहिबार देशभर सार्वजनिक बिदा हुने भएको हो । माघे सङ्क्रान्ति, मकर सङ्क्रान्ति तथा माघी नामले चिनिने नेपालको एक प्रमुख चाड...
बालुवाटार जाऔँ भन्दै सामूहिक मेसेज पठाउने सेढाईं प्रहरीको नियन्त्रणमा
काठमाडौं । अनधिकृत रूपमा सामूहिक मेसेज पठाएर प्रदर्शनमा उक्साएको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति भरतपुरका व्यवसायी निर्देश सेढाईं रहेको खुलेको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले सेढाईंलाई दरबारमार्ग क्षेत्रबाट पक्राउ गरेको हो...
कर्मचारी र गार्डको सेटिङमा पोखरा वितरण केन्द्रको १४ लाख पर्ने तामाको तार गायब
काठमाडौं । नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रको ९२० मिटर तामाको तार कर्मचारी र गार्ड समेतको सेटिङमा गायब पारी १४ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ। नेविप्रा पोखरा वितरण केन्द्र अन्तर्गत कोत्रे पोल...
सिप्रदीद्वारा टाटा गुरु सुभाष शर्माको उपचारमा आर्थिक सहयोग
काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी अटो पार्ट्स प्रालिमा लामो समयदेखि कार्यरत ‘टाटा गुरु’ का रूपमा परिचित सुभाष शर्मा गम्भीर स्नायु (न्युरोलोजिकल) समस्याबाट पीडित भई काठमाडौंको अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलाइड साइन्सेसमा उपचार गराइरहेका छन्। ललितपुरको सानेपा...
इन्ड्राइभविरुद्ध राइडरहरु नै आन्दोलित
काठमाडौं । ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभविरुद्ध नेपाली राइडरहरु नै आन्दोलित बनेका छन् । इन्ड्राइभले तोकेको भाडादर एकदमै न्यून भएको र संस्थाले सोही भाडादरमा पनि ठूलो हिस्सा कमिसनमार्फत काट्न थालेपछि राइडरहरु इन्ड्राइभ विरुद्ध आन्दोलित बनेका हुन् ।...
नेपालमा पर्यटन सुरक्षा लक्षित एचजीएन प्याकेज, यस्ता छन् सुविधा
काठमाडौं । हिमालयन गार्जियन नेपाल (एचजीएन) नेपालमा साहसिक पर्यटनको सुरक्षालाई व्यवस्थित, भरपर्दो र अन्तर्राष्ट्रिय रूपमा विश्वासयोग्य बनाउने उद्देश्यले स्थापना गरिएको पहिलो समग्र सुरक्षा प्रणाली हो। हिमाली क्षेत्रमा यात्रा गर्ने विदेशी पर्यटक, ट्रेकर र पर्वतारोहीहरूको सुरक्षा सुनिश्चित गर्नु यसको मुख्य...
क्यान महासंघद्वारा ई-कमर्स निर्देशिका २०८२ का लागि नीतिगत सुझाव पेश; जेल सजाय हटाउन माग
काठमाडौं । २०८२ नेपालको सूचना प्रविधि क्षेत्रको छाता संगठन क्यान महासंघ (CAN Federation) ले प्रस्तावित ‘ई-कमर्स निर्देशिका २०८२’ का सम्बन्धमा आफ्ना आधिकारिक नीतिगत सुझावहरू नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को सूचना प्रविधि विकास समिति मार्फत पेश गरेको छ ।...
एआई दौडमा नयाँ मोड: सिरी र आईफोनलाई स्मार्ट बनाउन एप्पल र गुगलको सहकार्य
काठमाडौँ । कृत्रिम बुद्धिमत्ताको तीव्र गतिमा अघि बढिरहेको प्रतिस्पर्धामा पछिल्ला केही वर्षदेखि अपेक्षित प्रगति देखाउन नसकेको एप्पलले अब आफ्नो भर्चुअल सहायक सिरी र आईफोनका एआई क्षमताहरू सुदृढ गर्न गुगलसँग सहकार्य गर्ने निर्णय गरेको छ। सिलिकन भ्यालीका यी दुई प्रविधि...
मकरीगाड हाइड्रोपावर स्थानियको घेराबन्दीमा, ‘आयोजना प्रभावितलाई ८० प्रतिशत शेयर चाहियो’
काठमाडौँ । दार्चुलाको अपिहिमाल गाउँपालिका–३, ४ र ५ मा निर्माण सम्पन्न भएको १० मेगावाट क्षमताको मकरीगाड हाइड्रोपावर कम्पनी लिमिटेडविरुद्ध स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । आयोजना प्रभावित क्षेत्रका नागरिकलाई सेयर सुनिश्चित गर्नुपर्ने मागसहित स्थानीयले विरोध जनाएका हुन् । कम्पनीले...



















