आईएमई जनरल इन्स्योरेन्सको २३ औं बार्षिक साधारणसभा सम्पन्न, ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

१३ बैशाख २०७८, सोमबार ०९:५३

काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २३ औं बार्षिक साधारण सभा हिजो आइतबार सम्पन्न भएको छ । डिजिटल माध्यमबाट सम्पन्न भएको साधारणसभाले यसअघि सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजिको ७.३७ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

साधारणले ७ प्रतिशत बोनस शेयर र ०.३७ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने निर्णय पारित गरेको हो । नियामक निकाय बीमा समितिबाट स्वीकृत भइसकेकोले उक्त बोनस शेयर छिट्टै शेयरधनीको खातामा आउने सो कम्पनीले जनाएको छ । त्यसैगरी, कम्पनीले ४० प्रतिशत हकप्रद शेयरको प्रस्ताव पारित गरेको छ । हकप्रद शेयर सम्बन्धी निर्णय भने नियामक निकाय बीमा समितिबाट अनुमति प्राप्त भएपछि मात्रै कार्यान्वयन हुनेछ ।

साधारणसभामा कम्पनीका अध्यक्ष हेमराज ढकालद्वारा प्रस्तुत प्रतिवेदन पास भएको कम्पनीले जनाएको छ । आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारिर गरिएको र आर्थिक वर्ष २०७७÷७८ को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षण समितिको सिफारिस बमोजिम लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने निर्णय समेत पारित भएको छ । त्यसैगरी कम्पनीको शेयर संरचना परिवर्तन गरिएको छ । नयाँ व्यवस्था अनुसार संस्थापक सर्वसाधारण रेसियो ५१ः४९ कायम भएको छ । यसअघि ६०ः४० रेसियोमा रहेको संरचना हिजो सम्पन्न बार्षिक साधारणसभाले संशोधन गरेको हो ।

साधारणसभामा अध्यक्ष ढकालले कम्पनीको आफ्नै केन्द्रीय कार्यालय प्रयोजनको लागि पानीपोखरी स्थित मुख्य सडकमा जोडिएको २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा खरिद गरिसकेको जानकारी दिँदै आगामी दिनमा नयाँ भवन निर्माण गरिने बताए ।

साधारणसभामा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले लगानीकर्ता, नियमनकारी निकायहरु र कर्मचारी साथीहरुको टिमको सहयोगबाट आईएमई जनरल इन्स्योरेन्स कम्पनीले प्रगति गर्न सफल भई बीमा बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भईरहेको जानकारी गराए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*