सर्वोत्तम सिमेन्टले आईपिओ अघि नै बोनस शेयर दिँदै, असार १० गते साधारणसभा हुँदै

२६ जेष्ठ २०७८, बुधबार १०:२८

काठमाडौं । नेपालमा पहिलो पटक बुक बिल्डिङ प्रणालीमार्फत सर्वसाधारणमा सेयर जारी गर्न लागेको सर्वोत्तम सिमेन्टले आईपिओ अघि नै बोनस शेयर दिने प्रस्ताव अघि बढाएको छ ।

बुक बिल्डिङ प्रक्रियाबाट आईपिओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टले सो आईपिओ जारी गर्नु अघि नै चुक्ता पुँजिको १९.११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले आगामी असार १० गतेका लागि बोलाएको साधारणसभामा गत आर्थिक वर्षमा आर्जित मुनाफाबाट बोनस शेयर दिने प्रस्ताव गरेको हा । सो प्रस्ताव आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुले बोनस शेयर प्राप्त गर्नेछन् । कूल चुक्ता पुँजि तीन अर्ब ४० करोड रहेको कम्पनीको बोनस शेयर वितरण पश्चात कूल चुक्ता पुँजि चार अर्ब पाँच करोड पुग्नेछ ।

आइपिओ जारी गर्नुअघि नै बोनस शेयर वितरण गर्ने निर्णय गरेकाले कम्पनीले आगामी दिनमा जारी गर्ने आईपिओको संख्या समेत बृद्धि भई ६० लाख कित्ताबाट ७२ लाख कित्ता पुग्ने भएको छ । सर्वोत्तम सिमेन्टले गत फागुनमै सर्वसाधारणमा सेयर जारी गर्ने योजना बनाएको थियो । तर कोभिड संक्रमण फैलिएको थप एक वर्षको साधारणसभा गर्नुपर्ने भएपछि केही ढिलाई भएको थियो ।

आईपिओ निष्काशनका लागि कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल र सह बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल र प्रभु क्यापिटललाई  नियुक्त गरेको छ । सो कम्पनीले निष्काशन गर्न लागेको आईपिओ कम्पनीले संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता, स्थानीय जिल्लाबासीलाई ८ लाख कित्ता र कम्पनीका कर्मचारी तथा अन्य सर्वसाधारणलाई गरि २८ लाख कित्ता छुट्याइएकोमा १२ लाख कित्ता आईपिओ थप भएपछि अब सबै क्षेत्रले थपिएको १२ लाख कित्ता समानुपातिक रुपमा पाउनेछन् । बाँकी रहेको शेयर मात्रै सार्वजनिक बिक्रीका लागि खुल्ला हुनेछ ।

सर्वोत्तमले नेपालमै पहिलोपटक बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण गरेर सेयर जारी गर्न लागेको हो । यस विधिबाट सेयर बिक्री गर्नका लागि कम्पनीले आन्तरिक मूल्यांकनबाट प्रतिकित्ता जारी मूल्य ७५० रुपैयाँभन्दा बढी हुने दाबी गरेको छ । बुक बिल्डिङ आईपिओ प्रतिकित्ता १०० रुपैयाँमा पाइने शेयर होइन, प्रतिस्पर्धी बजार मूल्य अनुसार मूल्य निर्धारण हुने हुँदा सर्वसाधारणले खरिद गर्दा प्रतिकित्ता ६०० भन्दा माथि नै पर्न जानेछ ।

प्राथमिक सेयर निष्कासनबाट प्राप्त रकममध्ये ४० प्रतिशतले कम्पनीले विद्यमान सबै ऋण भुक्तानी गरेर ऋणमुक्त हुने र बाँकी रकमले उत्पादन क्षमता दोब्बर पार्ने योजना अघि सारेको छ । यसबाट चार वर्षपछि सर्वोत्तमको लगानीमा वार्षिक प्रतिफल ७५ प्रतिशतभन्दा बढी हुने कम्पनीको दावी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*