अभिकर्ता, बीमित र बीमकलाई घाटा पुर्याउने निर्देशिका विरुद्धमा आँधीबेहरी सिर्जना गरौं

बासुदेव त्रिपाठी
५ असार २०७८, शनिबार १७:२८

बीमा समितिले जारी गरेको संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका खारेज नभएमा सम्पूर्ण बीमित, अभिकर्ता र बीमा कम्पनीहरुलाईसमेत दीर्घकालिन रुपमा यसको असर पर्ने छ । नेपालमा व्यवसाय स्थापना भएको लामो समय २ प्रतिशत देखी ५ प्रतिशत सम्म मात्रै बजार समेटेको बीमा व्यवसाय पछिल्लो समय व्यवसायीक अभिकर्ताहरु थपिएर कडा मेहनत गरे थपिएकोले आज २३ प्रतिशत सम्म बजार ओगट्न सफल भएको छ ।

हिजोका दिनमा अभिकर्ता खोज्न टुकी बाल्नुपर्ने अवस्थामा आज एक लाख भन्दा बढि फुलटाइम अभिकर्ता र करिब चार लाख पार्ट टाइम अभिकर्ताले बीमा व्यवसायको काम गरिरहेका छन् । साँघुरिएको बीमा व्यवसाय हरेक किसिमका उल्झन सहेर पनि अभिकर्ताहरुले दिन–रात नभनी राज्यकोषमा झण्डै चार खर्ब बचत गराउन सफल भएका छन् । बीमा अभिकर्ताले देशको अर्थतन्त्रमा पुर्याएको योगदानको कुनै कदर नगरी ति पाँच लाख अभिकर्ताको पेटमा लात हान्ने गरी बीमा समितिले ल्याएको पछिल्लो दुई निर्देशिकाले बीमा अभिकर्तालाई निरुत्साहित र पेशाबाट पलायन गराउने हुँदा तुरुन्त खारेज गर्नुपर्छ ।

५० वर्षको इतिहास बोकेको जिवन बीमा क्षेत्रका अभिकर्ताहरुसँग सल्लाह नै नगरी आफुखुसी निर्देशिका तयार गर्नु र लकडाउनले अभिकर्ता घरमा थुनिएको मौका पारेर निर्देशिका ल्याउनु बीमा समितिको कायरता र बेईमानी समेत हो । यो निर्देशिकाको बिरुद्ध हामी सम्पूर्ण पाँच लाख अभिकर्ता घोर निन्दा गर्दछौं । साथै चरणवद्ध आन्दोलनमा उत्रने योजनामा छौं र उत्रन्छौं ।

बीमा समितिले निषेधाज्ञा खुल्ला हुनु अघि नै बीमा अभिकर्तामाथि अन्यायपूर्ण र गैर कानुनी रुपले थोपरेको निर्देशिका र निर्णयहरु फिर्ता भएनन् भने बीमा समितिको इतिहासमा सबैभन्दा ठूलो संघर्ष गरेर हामी गलत नियत राखेर बीमा समितिमा आएका नेतृत्वलाई घुँडा टेकाउन कुनै कसर बाँकी राख्ने छैनौं । अहिले हाम्रो अधिकार मात्रै माग राखिरहेका छौं, यसरी नै हामीमाथि विभेद, अन्याय र गैर कानुनी निर्णय थोपर्ने हो भने भोलिका दिनमा त्यस्ता गलत तत्वहरुलाई बीमा समितिमा निषेध गर्न हामीलाई कसैले छेक्न सक्दैन ।

तत्काल यसको असर बीमा अभिकर्तालाई परेको देखिएता पनि दीर्घकालीन असर सम्पुर्ण बीमित र जीवन बीमा कम्पनीलाई पर्नेछ । विगतमा पनि यसरी संस्थागत अभिकर्तालाई लाइसेन्स दिँदा बैंक तथा वित्तिय संस्थामा ऋण लिन गएका ऋणीलाई बैंकले बलजफ्ती बीमा गराएर थप ऋणको भार बोकाएको थियो । ती ऋणीहरुले गरेको बीमा दोस्रो किस्ता नतिरी अरबौँ रुपैयाँ ल्याप्स भएको (खेर गएको) ज्वलन्त उदाहरण छ । त्यसले संस्थागत अभिकर्तालाई त फाइदा भयो तर पोलिसी ल्याप्स हुँदा बीमित र बीमा कम्पनी दुवैलाई घाटा हुन पुगेको छ । संस्थागत बीमा अभिकर्ताले, व्यक्तिगत अभिकर्ताको जस्तो, घर–घरमा गएर सेवा दिने नसक्ने र प्रभावकारी पनि नहुने देखिएकोले यसलाई पूर्णरुपमा बन्दगर्नुपर्छ भनेर तत्कालीन नेपाल राष्ट्रबैँको गर्भनरले बन्द गरेको नजिरलाई बीमा समिति किन नजरअन्दाज गर्दैछ ? त्यसलाई आधारमानेर पनि एक पटक फेल भैसकेको, प्रभावकारी नभएको यो निर्देशिका खारेज गर्न जतिदिन ढिलाई हुन्छ, त्यति नै बीमा समितिलाई घाटा र बद्नाम हुनेतर्फ सचेत हुन आग्रह छ ।

आज निर्जीवन बीमामा दाबी भुक्तानीको जुन प्रकारको समस्या सुनिएको छ, संस्थागत जीवन बीमामा पनि भोलि त्यही समस्या दोहोरिने, बीमा किस्ताको निरन्तरता नहुने, क्षतिपूर्ति नपाइने तथा बीमाप्रतिको जनमानसको विश्वास र धारण कमजोर भै समग्र बीमा व्यवसायमा ठूलो असर पर्छ ।

हामी सम्पूर्ण अभिकर्ताहरु फेरि पनि समितिको यो निर्णय तत्काल खारेजीको लागि जोडदार माग गर्दछौ, अन्यथा अन्याय र गैर–कानुनी निर्देशनका विरुद्धमा बीमा अभिकर्ताले सिर्जना गर्ने आन्दोलनको आँधी बेहरीको असरको आंकलन तथा जिम्मेवारी र क्षतिपूर्ति बीमा समितिले लिनुपर्नेछ । चेतना भया ।

(लेखक महालक्ष्मी लाइफको पेशागत बीमा अभिकर्ता संघका सल्लाहकार हुन् ।)

 

5 thoughts on “अभिकर्ता, बीमित र बीमकलाई घाटा पुर्याउने निर्देशिका विरुद्धमा आँधीबेहरी सिर्जना गरौं

  1. कृष्ण प्रसाद आचार्य says:

    दुर्गति भोग्न निकै गार्हो पर्ला बिमा समितिलाई। खेलाडि गरे झै छ।

  2. S.A.M-Raju Giri(IME LIFE INSURANCE Company says:

    Very Good article sir

  3. Raju Giri (IME life insurance) says:

    Very Good article. I am with you!!

  4. Dolraj bhusal says:

    सर ले लेखेको कुरा हरु सत्य र बास्तबिक हुन बैंक को जबर्जस्ती बिमा ले मानिस मा बिमा प्रति र नै नराम्रो शन्देस जाने कुरा मा दुइ मत छैन किन कि मन्छे लाइ ऋण चाहिएको हुन्छ बिमा नगरे ऋण नपाइने भनेर बैंक हरु ले बिमा गराउछन बिमित ले ऋण लिन को लगि मात्र बिमा त गर्छन् तर दोस्रो किस्ता तिर्दैनन अनि न त बिमित लाइ फाइदा हुन्छ न कम्पनी लाइ नै पहिलोपटक मात्र बुझाए को रकम फिर्ता नहुने हुनाले साधारण मानिस लाई नै नोक्सान हुने यो जबर्जस्ति बिमा प्रक्रिया कस्को फाइदा को लागि र कस्को प्रभाव मा परेर बिमा समिति ले यो हर्कत गर्दै छ हमि सबै साधारणा जनता ले सस्थागत अभिकर्ता को बिरोध गर्ने दिन आयेको छ नत्र बैंक हरु को जबर्जस्ति मा फस्ने छौ

  5. Narendra Rai says:

    सस्थागत अभिकर्ता लाइसन्स खारेज गर नत्र 500000 अभिकर्ता हरुको आधि तुफान महगो अबस्या महगो पर्नेछ खबर्दार बीमा समिति चेतना भया

Leave a Reply to Narendra Rai Cancel reply

Your email address will not be published. Required fields are marked *


*