सगरमाथा इन्स्योरेन्सले भजनी नगरपालिकामा मौसम बीमांक कार्यक्रम संचालन गर्दै

२० असार २०७८, आईतवार १४:११

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले भजनी नगरपालिकामा मौसम बीमांक कार्यक्रम संचालन गर्ने भएको छ। सगरमाथा इन्स्योरेन्स कम्पनीको सहाकार्यमा “बाढी वा खडेरीका सूचकांकमा आधारित कृषि बीमा” सुदुरपश्चिम प्रदेश, कैलाली जिल्लाको भजनी नगरपालिकामा सम्भाव्यता/ पायलट परीक्षणको रूपमा डिजाइन र कार्यान्वयन गरिने भएको हो ।

यूएसआईडीका तयार नेपालको इमपूभ डिजास्टर मेनेजमेन्ट प्रोजेक्टको अनुदानबाट कोलार्पद्वारा टेस्टिङ दि फेसिबिलिटी अफ इन्डेक्स बेस एगरिक्लभर इन्स्योरेन्स अगोन्टस् वाटर इन्डिउस् डिजास्टर इन नेपाल भन्ने नवीन परियोजना संचालन हुने भएको छ।

सम्भवत :यो नेपालमा दोस्रो मौसम बीमांक परियोजना हो । यस अघि शिखर इन्स्योरेन्स कम्पनीले मौसम सूचांक बीमाको अध्ययन सुरु गरेको थियो । यस योजनाले प्रारम्भिक चरणमा, सगरमाथा बीमा कम्पनीसंग सहाकार्य गरि “बाढी वा खडेरीका सूचकांकमा आधारित कृषि बीमा” सुदुरपश्चिम प्रदेश, कैलाली जिल्लाको भजनी नगरपालिकामा सम्भाव्यता/पायलट परीक्षणको रूपमा डिजाइन र कार्यान्वयन गर्नेछ ।

समग्रमा, यस अध्ययनको सफलतालाई आंकलन गरि अन्य पालिकाहरुमा पनि विस्तार गरिने भएको हो । यसै बिषयमा हाल छलफल भईरहेको छ ।जसमा ४५ घरधुरीका किसानलाई पहिलो चरणमा लक्षित गर्दै भजनी नगरपालिकाका सम्पूर्ण किसानहरुलाई जोडेर यस कार्यक्रमलाई अघि बढाउने योजना रहेको कोलारार्पका रिर्सच अफिसर नविन श्रेष्ठले बताए ।उनले कार्यक्रमलाई मूक्त रुप दिन, यसमा सबैलाई समावेश गरेर लान कार्यक्रमको अध्ययनको क्रम जारी रहेको जानकारी दिएका छन् ।

यसअघि शिखर इन्स्योरेन्स कम्पनीले नेपालमा पहिलो पटक मौसम सूचांक बीमाको अध्ययन सुरु गरेको थियो । नेपालमा पहिलो पटक जुम्लामा आ.व. २०७२।७३ देखि जुम्ला उपत्यकाको स्याउ खेतीमा मौसम सूचाङ्कमा आधारित बीमा गरेर सुरुवात गरिएको थियो ।

यसमा खडेरी जोखिमको लागि स्याउको उत्पादनको मूल्यमा बीमा गरिएको छ । जुम्ला उपत्यकामा खडेरीको लागि बीमा दावीको मापदण्ड तयार गर्न जुम्लास्थित मौसम मापन केन्द्रबाट बिगत २० वर्ष भन्दा बढीको बर्षातको तथ्याङ्क अध्ययन गरिएको थियो । जसको लागि कम्पनीले उक्त क्षेत्रको लागि छुटै अध्ययन टेलि खटाएर माटो सु्हाँउदो पोलिसी बनाएर उक्त अध्ययन समेत सम्पन्न गरिएको थियो ।

हरेक वर्ष बाढी, खडेरी तथा अन्य प्राकृतिक प्रकोपले निम्त्याउने विपद्दले लाखौ किसान मारमा परिरहेका छन् । यस्ता विपद्द जोखिम न्युनिकरण गर्न कृषि बिमाको व्यवस्था लागु गरेपनि सोचे अनुरुप सफलता प्राप्त गर्न सकिएको छैन । परम्परागत कृषि बीमा मामा देखिएका बिभिन्न कमजोरीका कारण अन्य देशमा सूचांकमा आधारित कृषि बीमाको विकास र लोकप्रियता बिस्तारै बढ्दै गईरहेको छ ।

यस परियोजनाको मुख्य उद्देश्य सूचांकमा आधारित कृषि बीमालाई सरल, सस्तो र नवीन वित्तीय रणनितीको रूपमा विकास गरि साना किसानहरूलाई बाढी वा खडेरीबाट बालीमा हुने नोक्सानीमा उचित क्षतिपूर्ति प्राप्त हुने व्यवस्था सृजना गर्नु रहेको छ । नेपालमा विशेषत परम्परागत क्षतिपूर्तिमा आधारित कृषि बीमा, जसले प्रमाणीकरण घाटामा भुक्तानी गर्दै आईरहेको पाइन्छ ।

यसको उच्च लागत, प्रशासकिय झन्झट तथा क्षतिपूर्ति प्राप्त गर्न लाग्ने लामो समय जस्ता कारणले साना किसानहरूको प्रकोपसंग सम्बन्धित कृषि विमामा उत्सुकता रहेको पाईदैन ।त्यसैले सूचांकमा आधारित बाली क्षति निर्धारण गरि क्षतिपूर्ति प्रदान गर्दा ठुला देखि साना किसान सबै लाभान्वित हुनसक्ने देखिन्छ । साथसाथै बीमा कम्पनिहरुले बालि क्षति र क्षतिपूर्ति प्रदान गर्दा भोग्दै आईरहेको पारदर्शिता र उत्तरदायित्वका सवाल पनि धेरै हद सम्म कम हुनजाने देखिन्छ ।

यसै सन्दर्भमा सरकारी र गैर–सरकारी, निजि संस्था, किसान समूह संगठन र सरोकारवालाहरुसंग छलफल “ इन्टक्सन वर्कशप ” सम्पन्न भएको छ । कोलार्पले विस्तृत परियोजनाको प्रस्तुति दिनुको साथै सम्पुर्ण सरोकारवालाहरुसंगको छलफल कार्यक्रम गरिसकेको छ।
एडापटिभ एण्ड केलावेरेटिभ म्यानेजमेन्टको अवधारणालाई अनुसरण गर्दै सूचांकमा आधारित कृषि बीमा प्रवद्दन गर्ने विषयमा सबै सकारात्मक रहको पाइएको कोलार्पका रिर्सच अफिसर नविन श्रेष्ठले बताए ।

सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सफल अनुसन्धान तथा प्रभावकारी ढंगले कार्यान्वनका लागि सहयोग र सहकार्य रहने जानकारी गराए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*