लगातार घटेको सुनको मूल्य आज २ सयले बढ्यो, प्रतितोला कति?

२६ श्रावण २०७८, मंगलवार ११:५४

काठमाडौँ । केही दिनयता लगातार घटेको सुनको मूल्य आज नेपाली बजारमा सुनको मुूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुनको मूल्य २ सय बढ्दा तेजाबी सुनको मूल्य १५० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ८९ हजार रुपैयाँमा किनबेच भएको छापावाला सुनको मूल्य आज ८९ हजार २ सय रुपैयाँ कायम भएको छ । साथै तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ७ सयमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

त्यस्तै, आज चाँदीको मूुल्य भने १० रुपैयाँले घट्दा प्रतितोला १२ सय ५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*