विद्युत बिक्री आम्दानी घटेपनि आँखुखोला जलविद्युतको खुद नाफा बढ्यो

२६ श्रावण २०७८, मंगलवार १३:०४

काठमाडौं । आँखुखोला जलुविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा धनात्मक देखिएको छ ।

कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १० लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको खुद नाफा ३ करोड १० लाख रुपैयाँ ऋणात्मक भएको थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानीमा गिरावट आएपनि ह्रासकट्टी खर्च घटेका कारण कम्पनीको खुद नाफा बढको हो ।

त्यस्तै, समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १४.४५ प्रतिशत घटेको छ । साथै कम्पनीको कुल नाफा १४.५७ प्रतिशत घटेको छ भने अन्य आम्दानी ८०.०१ प्रतिशत घटेको छ । समीक्षा अवधिमा कम्पनीको ह्रासकट्टी खर्च ८ करोड २० लाख रुपैयाँबाट घटेर २ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ । जसकारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो ।

सो अवधिसम्ममा ८० करोड चुक्तापूँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी १३ पैसा रहेको छ । भने प्रतिशेयर नेटवर्थ ६७ रुपैयाँ २१ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*