बुधबार हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने कम्पनी
काठमाडौं । बुधबार पूँजीबजारमा २३० कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५३ रुपैयाँको कारोबार भएको छ ।
पछिल्लो दिनयता हाइड्रोपावरमा लगानीकर्ताहरुको आकर्षण बढिरहेको छ । आज पनि हाइड्रोपावरमा लगानीकर्ताहरु झुम्मिएका छन् । आज सर्वाधिक कारोबार हुने कम्पनीमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ । कम्पनीको आज ६८ करोड ३० लाख ७१ हजार ७०१ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै दोस्रोमा अरुण भ्याली हाइड्रोपावरको ५७ करोड, तेस्रोमा अरुण काबेली पावरको ५६ करोड, चौथोमा अपि पावरको ५३ करोड र र पाँचौमा आइसिएफसि फाइनान्सको ५१ करोडभन्दा माथिको कारोबार भएको छ ।