नेप्से सामान्य अंकले बढ्दा ९ कम्पनीको शेयरमा लाग्यो सर्किट
काठमाडौं । आज पूँजीबजार सम्बन्धि कारोबार हुने नेप्सेमा २३० कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता शेयर निबबेच हुँदा साढे १५ अर्बको कारोबार भएको छ ।
आज आइसीएफसी फाइनान्स, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, रुरु जलविद्युत परियोेजना, जीवन विकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्सको कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । साथै एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट, अरुण काबेली पावर, नेपाल हाईड्रो डेभलोपर र रैराङ हाइड्रोपारको सर्किट लेभलमा कारोबार भइ सर्वाधिक कमाउन सफल भएका हुन् ।
त्यस्तै आज गुमाउने कम्पनीहरुमा जानकी फाइनान्सको ४.१७ प्रतिशत अकं, एचआइडिसिएलको ३.३९ प्रतिशत अकं, गुर्खाज फाइनान्सको ३.१६ प्रतिशत अकं वेष्ट फाइनान्स कम्पनीको ३.१६ प्रतिशत अकंले घटेको हो ।