ङादी ग्रुप पावरको खुद नाफा ११० प्रतिशतले बृद्धि, प्रतिशेयर आम्दानी कति ?

२८ श्रावण २०७८, बिहीबार १२:५५

काठमाडौं । ङादी  ग्रुप  पावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीले खुद नाफामा उल्लेख्य प्रदर्शन गरेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १२ करोड २७ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ११०.२६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ५ करोड ८३ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी र अन्य स्रोतको आम्दानी ५८.९९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले यस्तो आाम्दानी २१ करोड ९१ दाख ७९ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ । विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो ।

कम्पनीको हाल चुक्ता पुँजी ५८ करोड ९१ लाख १० हजार रुपैयाँ रहेकोमा जगेडा कोष १३ करोड ६३ लाख ३ हजार रुपैयाँ रहेको छ । त्यस्तै समिक्षा अवधिसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २० रुपैयाँ ४८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ १४ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*