विद्यतु बिक्री आम्दानी बढ्दा रैराङ हाइड्रोपारको खुद नाफा बढ्यो

२८ श्रावण २०७८, बिहीबार १४:०३

काठमाडौं । रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ५ करोड ९० लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३७५.७६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ करोड २४ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको थियो ।

समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी समेत बढ्न पुगेको छ । विद्युत बिक्रीबाट हुने आम्दानी ३८.९८ प्रतिशतले बढेर २४ करोड २३ लाख ६० हजार रुपैयाँ पुगेको हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो आम्दानी १७ करोड ४३ लाख ८५ हजार रुपैयाँ रहेको थियो । बिद्युत बिक्री आम्दानी बढ्दा कम्पनीको खुद नाफा बढ्न पुगेको हो ।

कम्पनीको हाल चुक्तापूँजी ५६ करोड रुपैयाँ रहेकोमा जगेडा कोष ७ करोड ५३ लाख ८१ हजार रुपैयाँ रहेको । त्यस्तै कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १० रुपैयाँ ५४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ४६ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात १०.७८ गुणा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*