अपि पावरको हकप्रद शेयर बाँडफाँड
काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर बाँडफाड गरेको छ । कम्पनीले साउन २४ गते देखी २८ गतेसम्म लिलामीमा ल्याएको हकप्रद शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले २ लाख १५ हजार ५९९ कित्ता हकप्रद शेयर साउन १३ गते देखि २० गतेसम्म उक्त शेयर बिक्री खुल्ला गरेकोमा बिक्री हुने नसकेपछि लिलामी प्रकृयाबाट बिक्री खुला गरेको थियो । तोकिएको मूल्यमा बोलपत्र पेश गर्नेको हकमा ४६ प्रतिशतका दरले बाँडफाँड गरेको कम्पनीले जनाएको छ । बोलपत्रको अन्तिम मूल्य ४८१ रुपैयाँ रहेको थियो ।
कम्पनीको शेयर बिक्री प्रबन्धकका रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।