साहज उर्जाकोे ३५ लाख कित्ता आइपीओ आजदेखि बिक्री खुल्ला, कति दिने आवेदन ?
काठमाडौँ । साहज उर्जा लिमिटेडले आजदेखि साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गरेको छ ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा ३५ लाख कित्ता आईपीओ आयोजना प्रभावित सोेलुखुम्बु जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गरेको हो
आईपीओ खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्ता देखी अधितम १० लाख ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उक्त आइपीओ खरिदका लागि छिटोमा भदौ ११ गते र ढिलोमा भदौ २७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।